उत्पादन गरेको अनाजको उचित मूल्य व्यवस्था गर्न सरकारसँग महेश बर्तौलाको माग

Jun 18, 2023 - 07:18
 0
उत्पादन गरेको अनाजको उचित मूल्य व्यवस्था गर्न सरकारसँग महेश बर्तौलाको माग
उत्पादन गरेको अनाजको उचित मूल्य व्यवस्था गर्न सरकारसँग महेश बर्तौलाको माग

काठमाडौँ । नेकपा (एमाले)का सचेतक एवं प्रतिनिधि सभाका सदस्य महेश बर्तौलाले किसानले उत्पादन गरेका गोलभेँडालगायतका कृषि अनाजहरूको उचित मूल्यको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ।

आज प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले कालीमाटी बजारमा गोलभेँडाको उचित मूल्य नपाउँदा खेरी किसानहरूले सडकमा फ्याँक्नुपर्ने अवस्था आएको दृष्टान्त पेश गर्नुहुँदै सबै कृषि अनाजहरूको उचित मूल्यको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्।

उहाँले भन्नुभयो, ‘हाम्रो देश नेपाल कृषि प्रदान देश हो। हामी बैठकमा सहभागी भइरहेको बेलामा यति नै खेर सयौँ किसानहरू काठमाडौँको कालिमाटीमा उपस्थित भएर उहाँहरूले आफूले उत्पादन गरेको हजारौँ केजी टमाटरलगायत कृषि उत्पादनहरू कालीमाटी चोकमा सडकमा फ्याँकेर आन्दोलन गरिरहनु भएको छ। उहाँहरूले निकै धेरै मात्रामा नेपाली किसानहरूले तरकारी उत्पादन गरिरहनु भएको छ। गोलभेँडा उत्पादन गरिरहनु भएको छ। तर आफूले उत्पादन गरेको तरकारी आफूले उत्पादन गरेको मूल्य उहाँहरूले पाउन सक्नुभएको छैन । उहाँहरूको प्रतिकेजी उत्पादन लागत नै करीब २०/२५ रुपैयाँ पर्छ। तर उहाँहरूले मूल्य पाउँदाखेरी आज ४/५ रुपैयाँ पाउन पनि गाह्रो छ। किसानहरूको ढुवानीको लागि सरकारले अनुदानको व्यवस्था गर्नुपर्ने जरुरी देखिन्छ।’ 

सचेतक बर्तौैलाले मूल्य नपाएर किसानहरूले आफ्नो उत्पादन सडकमा फ्याँक्नुपर्ने अवस्था आउन नदिनेगरी सरकारले सो समस्याको दिगो समाधान गर्नुपर्ने समेत बताउनु भयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1

This site uses cookies.

By continuing to browse this site you are agreeing to our use of cookies.