जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

कास्की। पोखरा महानगरपालिका-६ लेकसाईडस्थित ४८ वर्षीय बिरेन्द्र लामाको हिमाली किचनमा जुवातास खेलिरहेको अवस्थामा बिरेन्द्र समेत ७ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ५ सय ५७ रूपैयाँ, विभिन्न विदेशी मुद्रा र २ सय १३ पत्ति तास सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक […]

Oct 17, 2024 - 07:10
 0
जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

कास्की।

पोखरा महानगरपालिका-६ लेकसाईडस्थित ४८ वर्षीय बिरेन्द्र लामाको हिमाली किचनमा जुवातास खेलिरहेको अवस्थामा बिरेन्द्र समेत ७ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ५ सय ५७ रूपैयाँ, विभिन्न विदेशी मुद्रा र २ सय १३ पत्ति तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register