पक्राउ परेका लामिछानेलाई आजै पोखरा लगिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । लामिछानेलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टिमले पार्टी कार्यालयबाट पक्राउ गरेको हो । पक्राउ अघि रास्वपा कार्यालय अगाडी उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले आफुले कुनै सम्झौता नगरेको कारण पक्राउ गरिएको दाबि गरेका छन् । उनले राज्यले आफ्नो सम्पूर्ण […]

Oct 18, 2024 - 14:22
 0
पक्राउ परेका लामिछानेलाई आजै पोखरा लगिँदै

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् ।

लामिछानेलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टिमले पार्टी कार्यालयबाट पक्राउ गरेको हो ।

पक्राउ अघि रास्वपा कार्यालय अगाडी उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले आफुले कुनै सम्झौता नगरेको कारण पक्राउ गरिएको दाबि गरेका छन् ।

उनले राज्यले आफ्नो सम्पूर्ण शक्ति लगाएर आफुलाई पक्राउ गरेको बताउदै आफ्ना कार्यकर्तालाई राज्यको यो कदमको डटेर सामना गर्न अपिल गरेका थिए ।

उनले आफुले न्यायिक प्रक्रियामा सहयोग गर्ने बताएका थिए । छोटो सम्बोधनपछि लामिछानेलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउको क्रममा पार्टी कार्यालय उपस्थित रास्वपाका कार्यकर्ताले नाराबाजी गरेका थिए ।

प्रहरीले लामिछानेलाई आजै सडकको बाटो हुँदै पोखरा लैजाने भएको छ ।    

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register