सवारी दुर्घटनामा तीन जनाको मृत्यु 

काठमाडौँ।  चितवन, भरतपुर महानगरपालिका-४ नवदुर्गा चोकमा प्र-३-०३००१ प २४९६ नम्बरको मोटरसाइकल बा.१ च १०४९ नम्बरको कारमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही महानगरपालिका-५ बस्ने ३१ वर्षीय रितेश यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त मोटरसाइकल ना.२५ प ५७९९ […]

Oct 17, 2024 - 07:22
 0
सवारी दुर्घटनामा तीन जनाको मृत्यु 

काठमाडौँ। 

चितवन, भरतपुर महानगरपालिका-४ नवदुर्गा चोकमा प्र-३-०३००१ प २४९६ नम्बरको मोटरसाइकल बा.१ च १०४९ नम्बरको कारमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही महानगरपालिका-५ बस्ने ३१ वर्षीय रितेश यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त मोटरसाइकल ना.२५ प ५७९९ नम्बरको मोटरसाइकलसँग ठक्कर खाई कारमा समेत ठोक्किएर दुर्घटना भएको थियो । साथै ना. २५ प ५७९९ नम्बरको मोटरसाइकल चालक र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

धनुषा, गणेशमान चारनाथ नगरपालिका-७ गोदारस्थित सडकमा झापाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.५ ख ३६२७ नम्बरको हाईस अनियन्त्रित भई दुर्घटना हुँदा हाईसमा सवार तेह्रथुम आठराई गाउँपालिका-२ बस्ने ४९ वर्षीय बासु देब गौतमको मृत्यु भएको छ । मंगलबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर अस्पताल काठमाडौंमा थप उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो । हाईस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोलुखुम्बु, खुम्बु पासाङल्हामु गाउँपालिका-१ थामडाँडास्थित सडकमा पैयाबाट खरिखोलातर्फ जाँदै गरेको प्र १-०७-००१ त ००१८ नम्बरको ट्याक्टर सडकबाट करिब ५ सय मिटर तल खसेर बुधबार राति दुर्घटना हुँदा चालक ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-७ गुन्सा बस्ने २४ वर्षीय मिङमा दावा शेर्पाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको खरिखोला सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register