तिलगंगाका चिकित्सकले गरे बंगलादेशका घाइतेको उपचार

काठमाडौँ।  तिलगंगा आँखा प्रतिष्ठानले केही समय अगाडि बंगलादेशमा भएको आन्दोलन र त्यसपछि आएको नयाँ सरकारको आगमनसँगै, अहिले आन्दोलनका घाइतेहरुको उपचारलाई प्राथमिकतामा राखिएको जनाएको छ । आन्दोलनको क्रममा आँखामा चोट लागि नानी च्यातिएका, नानीमा गहिरो चोट लागेका, आँखाको पर्दा च्यातिएका, आँखामा गम्भीर चोट लागेका बिरामीहरुको उपचारार्थ बंगलादेश सरकारको पहल र नेशनल इन्ष्टिट्युट अफ अप्थाल्मोलोजी, बंगलादेशको विशेष […]

Oct 17, 2024 - 09:52
 0
तिलगंगाका चिकित्सकले गरे बंगलादेशका घाइतेको उपचार

काठमाडौँ। 

तिलगंगा आँखा प्रतिष्ठानले केही समय अगाडि बंगलादेशमा भएको आन्दोलन र त्यसपछि आएको नयाँ सरकारको आगमनसँगै, अहिले आन्दोलनका घाइतेहरुको उपचारलाई प्राथमिकतामा राखिएको जनाएको छ ।

आन्दोलनको क्रममा आँखामा चोट लागि नानी च्यातिएका, नानीमा गहिरो चोट लागेका, आँखाको पर्दा च्यातिएका, आँखामा गम्भीर चोट लागेका बिरामीहरुको उपचारार्थ बंगलादेश सरकारको पहल र नेशनल इन्ष्टिट्युट अफ अप्थाल्मोलोजी, बंगलादेशको विशेष निमन्त्रणामा सेवा फाउण्डेशन, बंगोवन्धु शेख मुजीब मेडिकल र इशापानी इश्लामिया आँखा अस्पताल, बंगलादेशसँगको सहकार्यमा तिलगंगा आँखा प्रतिष्ठानलाई प्रतिनिधित्व गर्दै वरिष्ठ आँखाको पर्दा रोग विशेषज्ञ डा. रबा थापाले उपचार सेवा प्रदान गरेको तिलगंगा प्रतिष्ठानले जनाएको छ ।

सेवा फाउण्डेशन सन् १९७३ देखि आँखा स्वास्थ्यको क्षेत्रमा क्रियाशील एक सामाजिक संस्था हो । संसारभरका १५० भन्दा बढी आँखा अस्पतालहरुसँग सहकार्य गर्दै आएको सेवाले बंगलादेशमा पनि सेवा पु¥याउँदै आएकोमा हालैको अवस्थामा थप अन्तर्राष्ट्रिय उपचार सहायता आवश्यक परेको हो । सोही  क्रममा नेपालबाट डा.थापाका अलावा लुम्बीनी नेत्रविज्ञान अध्ययन संस्थानकी डा. सुशीला पटेल र डा. सबिता ढकाल पनि यस समूहमा सहभागी थिए । आँखामा गम्भीर चोट लागेका, दुर्घटनाबाट भएका मोतिबिन्दु र अन्य चोट, विशेषत गोलीले क्षति पुगेका आँखामा जति सक्दो चाँडो उपचार आवश्यक परेकाले केराटोप्लास्टी र ग्लोब–सेभिङ प्रविधिहरूमा विशेषज्ञता भएका भिट्रेओ रेटिना सर्जनहरू र कोर्निया विशेषज्ञहरूको माग भए अनुसार उनीहरु सहभागी भएको  प्रतिष्ठानले जनाएको छ । 

 

तिलगंगा आँखा प्रतिष्ठानले यस किसिमका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक उत्तरदायित्व पूरा गर्ने उपचार सेवा प्रदान गर्दै आइरहेको छ । सहभागी चिकित्सकहरुले समेत यस किसिमको सेवादायि कार्यमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै यस्तो सहयोगले नेपाल र बंगलादेशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास गरेको  प्रतिष्ठानले जनाएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register