बालुवाटारमा शीर्ष नेताबीच के समझदारी भयो ?

काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित ‘सर्च कमिटी’लाई पूर्णता दिने विषयमा शीर्ष नेताहरुबीच समझदारी भएको छ । बिहीबार दिउँसो बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताको बैठकमा यस्तो समझदारी भएको माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले जानकारी दिए । ‘आजको बैठकमा विशेषरी सत्य निरुपण तथा मेलमिलाप आयोगलगायत विषयमा छलफल भयो । त्यसमा पनि अघिल्लो सरकारले […]

Oct 17, 2024 - 10:05
 0
बालुवाटारमा शीर्ष नेताबीच के समझदारी भयो ?

काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित ‘सर्च कमिटी’लाई पूर्णता दिने विषयमा शीर्ष नेताहरुबीच समझदारी भएको छ ।

बिहीबार दिउँसो बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताको बैठकमा यस्तो समझदारी भएको माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले जानकारी दिए ।

‘आजको बैठकमा विशेषरी सत्य निरुपण तथा मेलमिलाप आयोगलगायत विषयमा छलफल भयो । त्यसमा पनि अघिल्लो सरकारले गठन गरेको आयोगसँग सम्बन्धि सर्च कमिटीलाई तत्काल पूर्णता दिने नेताहरुबीच समझदारी भएको छ ।’ उनले भने ।

त्यसपछि आयोगका गठनबारे छलफल हुने बस्नेतले बताए ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश वडाल सहभागी थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register