डा. सङ्गीता ’स्वेच्छा’ इन्टरनेशनल एशोसियशन फर आर्टस् एण्ड कल्चर फर पिसको अध्यक्ष नियुक्त

लन्डन – साहित्यकार एवं सञ्चारकर्मी डा. सङ्गीता श्रेष्ठ ’स्वेच्छा’ इन्टरनेशनल एशोसियशन फर आर्टस् एण्ड कल्चर फर पिस (IAACP) की अध्यक्ष नियुक्त भएकी छिन् । युनिभर्सल पिस फेडरेशन (UPF) अन्तर्गत सञ्चालनमा रहेको IAACP एउटा विश्वव्यापी संजाल हो जसले संगीत, नृत्य, चित्रकला, फिल्म र साहित्यजस्ता विभिन्न कलात्मक अभिव्यक्तिहरू मार्फत शान्ति र एकता प्रवर्द्धन गर्ने प्रतिबद्धता राख्दछ । […]

Oct 17, 2024 - 11:34
 0
डा. सङ्गीता ’स्वेच्छा’ इन्टरनेशनल एशोसियशन फर आर्टस् एण्ड कल्चर फर पिसको अध्यक्ष नियुक्त


लन्डन – साहित्यकार एवं सञ्चारकर्मी डा. सङ्गीता श्रेष्ठ ’स्वेच्छा’ इन्टरनेशनल एशोसियशन फर आर्टस् एण्ड कल्चर फर पिस (IAACP) की अध्यक्ष नियुक्त भएकी छिन् । युनिभर्सल पिस फेडरेशन (UPF) अन्तर्गत सञ्चालनमा रहेको IAACP एउटा विश्वव्यापी संजाल हो जसले संगीत, नृत्य, चित्रकला, फिल्म र साहित्यजस्ता विभिन्न कलात्मक अभिव्यक्तिहरू मार्फत शान्ति र एकता प्रवर्द्धन गर्ने प्रतिबद्धता राख्दछ ।

 

आफ्नो नयाँ भूमिकामा, डा. श्रेष्ठले IAACP को मिशनलाई अघि बढाउनका लागि कलाकारहरू, सांस्कृतिक नेताहरू र दूरदर्शी व्यक्तित्वहरूको अन्तर्राष्ट्रिय समुदायको नेतृत्व गर्नेछिन् । र, साथै सहकार्य र सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहन गर्दै विश्वव्यापी शान्ति प्रवर्द्धन गर्ने लक्ष्य लिएकी छिन् ।

 

नियुक्तिको बारेमा प्रतिक्रिया दिँदै युनिभर्सल पिस फेडरेशन – बेलायतका महासचिव रोबिन मार्शले भने, “डा. श्रेष्ठ जस्तो व्यक्तित्वको नेतृत्वमा यो महत्वपूर्ण पहललाई अघि बढाउन पाउँदा हामीलाई अत्यन्तै खुशी लागेको छ, र उहाँको नेतृत्वले आउने वर्षमा पुर्याउने सकारात्मक प्रभावलाई हामी उत्सुकताका साथ पर्खिरहेका छौँ।”

 

डा. श्रेष्ठलाई युनिभर्सल पिस फेडरेशनद्वारा सन् २०२३ डिसेम्बरमा ‘एम्बेसडर फर पिस’ अवार्डबाट लण्डनमा सम्मानित गरिएको थियो । यो पुरस्कारले शान्तिपूर्ण र दिगो विश्व निर्माणमा उहाँको समर्पणलाई प्रतिबिम्बित गर्दछ ।

 

“यो भूमिका ग्रहण गर्न पाउँदा म अत्यन्त सम्मानित महसुस गर्दैछु र कला, साहित्य तथा संस्कृतिलाई शान्ति निर्माण र आपसी समझदारीको महत्त्वसंगै अगाडि बढाउन निरन्तर प्रयासरत र प्रतिबद्ध छु ।” डा. श्रेष्ठले भनिन् । “म युनिभर्सल पिस फेडरेशन – बेलायतप्रति यो अवसरका लागि आभारी छु । IAACP र UPF का प्रतिभाशाली सदस्यहरूसँग सहकार्य गर्दै हाम्रा साझा उद्देश्यहरू प्राप्त गर्न प्रतिक्षारत छु ।”

युनिभर्सल पिस फेडेरेसन संयुक्त राष्ट्रसंघको आर्थिक र सामाजिक परिषद्सँग परामर्शको काम गर्ने विश्वव्यापी संस्था हो । IAACP जस्ता नेटवर्क र पहलहरू मार्फत UPF विश्वभर शान्ति, एकता र सहयोगलाई प्रवर्द्धन गर्न प्रयासरत छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register