उत्तर कोरियाली सेना रूस–युक्रेन युद्धमा सामेल !

काठमाडौं । रूसी सेनाले उत्तर कोरियाका करिब ३ हजार सेनाको इकाई बनाउँदैछ । युक्रेनी सेनाको गुप्तचर स्रोतले बीबीसीलाई यो जानकारी दिएको हो । युक्रेनी सैन्य राज्यबाट हालैका गुप्तचर रिपोर्टहरूले उत्तर कोरियाले रुससँग घनिष्ठ सैन्य गठबन्धनको तयारी गरिरहेको छ । यद्यपि, बीबीसीले अहिलेसम्म रूसी सुदूर पूर्वमा यति ठूलो इकाई तयार भइरहेको कुनै संकेत प्राप्त गरेको छैन […]

Oct 17, 2024 - 11:35
 0
उत्तर कोरियाली सेना रूस–युक्रेन युद्धमा सामेल !

काठमाडौं । रूसी सेनाले उत्तर कोरियाका करिब ३ हजार सेनाको इकाई बनाउँदैछ । युक्रेनी सेनाको गुप्तचर स्रोतले बीबीसीलाई यो जानकारी दिएको हो ।

युक्रेनी सैन्य राज्यबाट हालैका गुप्तचर रिपोर्टहरूले उत्तर कोरियाले रुससँग घनिष्ठ सैन्य गठबन्धनको तयारी गरिरहेको छ । यद्यपि, बीबीसीले अहिलेसम्म रूसी सुदूर पूर्वमा यति ठूलो इकाई तयार भइरहेको कुनै संकेत प्राप्त गरेको छैन ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पनि रूस–युक्रेन युद्धमा उत्तर कोरियाको संलग्नताको समाचारलाई अस्वीकार गरेका छन् ।

पेस्कोभले भने, “ब्रिटिश गुप्तचर एजेन्सीले मात्र होइन, अमेरिकी गुप्तचर निकायले पनि यस्तो रिपोर्ट दिइरहेको छ । यी एजेन्सीले सधैँ एउटै रिपोर्ट दिइरहेका छन् । तर, कुनै प्रमाण पेश गर्दैनन् । यो गलत हो ।”

तर, हालैका महिनामा रूस र उत्तर कोरियाबीचको सहकार्यको स्तर गहिरो भएकोमा कुनै शंका छैन ।

उत्तर कोरियाली नेता किम जोङ अनले गत हप्ता रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई जन्मदिनमा बधाई सन्देश पठाउँदै उनलाई आफ्नो ‘निकट साथी’ भनेका थिए ।

रूस र उत्तर कोरियाबीचको गठबन्धन

युक्रेनका राष्ट्रपति भोलदिमीर जेलेन्स्कीले रूस–युक्रेन युद्धमा उत्तर कोरियाको संलग्नताबारे छलफल गरेका छन् । साथै, दक्षिण कोरियाका रक्षामन्त्रीले पनि यसै महिना उत्तर कोरियाली सेना युक्रेनमा तैनाथ हुने प्रवल सम्भावना रहेको बताएका थिए ।

तर, ठूलो प्रश्न यी सैनिकको संख्या कति हो ? “धेरै उत्तर कोरियाली सेना भ्लादिभोस्टोकको उत्तरमा रहेको उसुरिस्क नजिकैको सैन्य अड्डामा आइपुगेका छन्,” रूसी सुदूर पूर्वमा रहेको सैन्य स्रोतले बीबीसीको रूसी सेवालाई बतायो ।

तर, यो स्रोतले ती सैनिकको वास्तविक संख्या बताउन सकेन । यो संख्या तीन हजारको हाराहारीमा पक्कै नहुने बताइएको छ । एक सैन्य मामिला विश्लेषकले भने, ”रूसी सेनाले उत्तर कोरियाली हजारौं सेनालाई सफलतापूर्वक समावेश गर्न सक्छ भन्नेमा शंका छ ।”

रूसमा उपस्थित एक विश्लेषकले नाम नछाप्ने सर्तमा बीबीसीलाई भने, ”सुरुमा रूसी सेनालाई सयौं रूसी कैदी सेनामा समावेश गर्न गाह्रो थियो । जबकि यी सबै कैदी रूसी भाषा बोल्थे ।” यसको मतलब उत्तर कोरियाली सेनालाई सामेल गर्ने काम सजिलो छैन ।

अझै यदि तिनीहरूले ३००० उत्तर कोरियाली सैनिक संलग्न गरेका छन् भने यसले युद्धको मैदानमा धेरै फरक पार्दैन । तर, अमेरिका यसप्रति युक्रेन जस्तै चिन्तित देखिन्छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले भने, “उत्तर कोरियाली सेनाको संलग्नताले रूस र उत्तर कोरियाबीचको सम्बन्धमा उल्लेखनीय सुधार भएको देखाउँछ ।”

यद्यपि मिलरको विचारमा यसले युद्धको मैदानमा हार पछि रूसको चिन्ताको नयाँ स्तरलाई पनि प्रतिबिम्बित गर्दछ ।

रूस र उत्तर कोरियाले एकअर्कालाई के दिइरहेका छन् ?

यस वर्षको जुन महिनामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र किम जोङ अनसँग रसिया र उत्तर कोरियाबीच रक्षा र अन्य क्षेत्रमा पारस्परिक सहयोगको सम्झौता भएको थियो । र, यसपछि प्रमाण चाँडै देखा पर्यो कि उत्तर कोरियाले रूसलाई हतियार आपूर्ति गरिरहेको थियो ।

युक्रेनले पोल्टाभा क्षेत्रमा हालै प्राप्त गरेको मिसाइलले यही संकेत गर्छ । सत्य यो हो कि रूसले डिसेम्बर २०२३ मा उत्तर कोरियाले ल्यान्डमाइनका लागि विस्फोटक र गोलाको आपूर्ति गरेको प्रमाण प्राप्त गर्न थालेको थियो ।

यो जानकारी रूसी सैन्य समुदायबीच टेलिग्राम च्याटबाट प्राप्त भएको थियो । युक्रेनमा तैनाथ रूसी सैनिकले प्रायः यी हतियारको गुणस्तरको बारेमा गुनासो गरेको देखियो । यी हतियारले आफ्ना धेरै सैनिक घाइते भएको पुटिनले बताए ।

युक्रेनले कुर्स्क प्रान्तमा तैनाथ गर्नुअघि उत्तर कोरियाली सेनालाई मंगोलियन सीमा नजिकै उलान-उडे क्षेत्रमा रूसी सेनाले तयार पारेको शंका छ । युक्रेनी सेनाले हालै रूसको कुर्स्क प्रान्तमा आक्रमण गरेको थियो ।

“उत्तर कोरियाली सेना रसिया-युक्रेन सीमाका भागको सुरक्षा गर्न खटाएको हुनसक्छ,” युक्रेनी प्रकाशन डिफेन्स एक्सप्रेसका सम्पादक भ्यालेरी रेबेकले भने, ”मलाई लाग्दैन कि उत्तर कोरियाली सैन्य एकाइहरू यति चाँडै युद्धको अग्रभागमा तैनाथ हुनेछन् ।”

उत्तर कोरियाका सैनिक कति प्रभावकारी साबित होलान् ?

यस्तो सोच्ने रेबेक मात्र होइनन् । उत्तर कोरियासँग १२ लाख ८० हजार सक्रिय सैनिक छन् र रूसको विपरीत यो सेनासँग हालसालै कुनै युद्ध सञ्चालनको अनुभव छैन ।

उत्तर कोरियाले आफ्नो सेनामा पुरानो सोभियत मोडेललाई अपनाइरहेको छ तर, यसको मुख्य शक्ति मानिने मोटर चालित इन्फन्ट्री इकाइहरू युक्रेनमा लड्नका लागि उपयुक्त हुनेछन् कि छैनन् भन्ने स्पष्ट छैन ।

दुई सेनाबीच भाषा अवरोध पनि हुनेछ । उत्तर कोरियाली सैनिकलाई रूसी प्रणालीबारे पनि थाहा नहुन सक्छ । यसले हालको युद्धमा रूसका लागि जटिलताहरू मात्र सिर्जना गर्नेछ ।

तर, यी कुराले उत्तर कोरियाली सैनिकलाई रूस-युक्रेन युद्धमा भाग लिनबाट रोक्छ भन्ने होइन । यद्यपि विज्ञहरू भन्छन्, ”उत्तर कोरियाका सेना इन्जिनियरिङ र निर्माण क्षमताका लागि परिचित छन् । तिनीहरू आफ्नो लडाइँ क्षमताको लागि परिचित छैनन् ।”

यदि दुवै आफ्नो काममा दक्ष छन् भने दुवैलाई फाइदा हुन्छ । उत्तर कोरियालाई पैसा र प्रविधि चाहिन्छ । जबकि रूसलाई सेना र हतियार चाहिन्छ ।

कोरिया रिस्क ग्रूपका निर्देशक आन्द्रेई ल्यान्कोभ भन्छन्, “उत्तर कोरियाले रूसबाट राम्रो पैसा पाउन सक्छ र सायद उनीहरूले रूसी सैन्य प्रविधि पनि लिन सक्छन् । उत्तर कोरियाको सैन्य सहयोग नभएको भए सायद रूसलाई यो प्रविधि दिन सहज थिएन ।”

उनले थप भने, “यसको अर्थ उत्तर कोरियाले युद्धको वास्तविक अनुभव प्राप्त गर्नेछ । तर, यसले आफ्ना सैनिकलाई उत्तर कोरियाभन्दा बढी समृद्ध पश्चिमी देशमा बस्न पाउने सुविधा दिनेछ ।”

जहाँ पुटिनले रूसले पछिल्लो साढे दुई वर्षको युद्धमा के गुमाएको छ त्यसको क्षतिपूर्ति जतिसक्दो चाँडो होस् भन्ने चाहन्छन् ।

बेलायतको कन्फ्लिक्ट स्टडीज रिसर्च सेन्टरका भ्यालेरी अकिमेन्कोले उत्तर कोरियाली सेनाको तैनाथीले पुटिनलाई अनिवार्य सैन्य सेवालाई राम्रोसँग कार्यान्वयन गर्ने बाधाहरू हटाउन मद्दत गर्ने विश्वास गर्छन् ।

उनले भने, “पुटिनले रूसी सैनिक युक्रेनी सैनिकभन्दा कम हुँदै गएको सोचिरहेका छन् । त्यसकारण लडाइँमा उत्तर कोरियाली सैनिकलाई संलग्न गराउनु उत्तम तरिका हुन सक्छ ।”

जबकि जेलेन्स्की यसबारे चिन्तित देखिन्छन् । यी दुईबीचको गठबन्धनले उनी चिन्तित छन् । अहिलेसम्म रूस र युक्रेनको युद्धभूमिमा पश्चिमी देशका सैनिक प्रवेश गरेका छैनन् ।

बीबीसीबाट

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register