हमास प्रमुख सिनवारको मृत्युपछि रोकिएला युद्ध ?

काठमाडौं । हमासका राजनीतिक प्रमुख याह्या सिनवार मारिएपछि इजरायलमा खुशी छाएको छभने विश्वभरबाट प्रतिक्रिया आउन थालेका छन् । सिनवारकै कारण विनाशकारी युद्ध भएको भन्दै इजरायललगायत उसका समर्थक देशले सिनवारको मृत्युलाई महत्त्वपूर्ण सैन्य उपलब्धि भएको प्रतिक्रिया दिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले सिनवारको मृत्युको दिनलाई इजरायल, अमेरिका र विश्वका लागि राम्रो दिन भनेका छन् । […]

Oct 18, 2024 - 06:29
 0
हमास प्रमुख सिनवारको मृत्युपछि रोकिएला युद्ध ?

काठमाडौं । हमासका राजनीतिक प्रमुख याह्या सिनवार मारिएपछि इजरायलमा खुशी छाएको छभने विश्वभरबाट प्रतिक्रिया आउन थालेका छन् ।

सिनवारकै कारण विनाशकारी युद्ध भएको भन्दै इजरायललगायत उसका समर्थक देशले सिनवारको मृत्युलाई महत्त्वपूर्ण सैन्य उपलब्धि भएको प्रतिक्रिया दिएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सिनवारको मृत्युको दिनलाई इजरायल, अमेरिका र विश्वका लागि राम्रो दिन भनेका छन् । अमेरिकी विदेश विभागका प्रवक्ता म्याथ्यू मिलरले सिनवारको मृत्युलाई युद्धको प्रकृति परिवर्तन गर्ने अवसर भएको बताएका छन् ।

सिनवारको मृत्युपछि युद्ध अन्त्य हुने आसामा अहिले उत्तरी इजरायलको ग्यालिल समुद्रको किनारमा स्थानीयले उत्सव नै मनाएका छन् । सयौँ मानिसहरू सडकमा उत्रिएर नाचिरहेका छन् भने सडक अवरुद्ध भएका छन् । उनीहरूले विजयीभावमा झण्डा फहराएका छन् ।

शरणार्थी शिविरमा जन्मेका थिए सिनवार

सिनवारको पूरा नाम याह्या इब्राहिम हसन सिनवार थियो। उनको जन्म गाजा पट्टीको दक्षिणी क्षेत्रमा रहेको खान युनिस शरणार्थी शिविरमा भएको थियो। याह्याका आमाबाबु अस्लोनका थिए। जब इजरायल १९४८ मा स्थापना भयो र हजारौं प्यालेस्टाइनीहरूलाई उनीहरूको पुर्खाको घरबाट निष्कासित गरियो, याह्याका आमाबाबु पनि शरणार्थी भए।

सिनवारलाई सन् १९८९ मा दुई इजरायली सैनिक र चार प्यालेस्टिनीको अपहरण र हत्या गरेको आरोपमा पक्राउ गरिएको थियो । त्यतिबेला याह्या १९ वर्षका थिए । मुद्दा चल्यो । पछि उनलाई चार आजीवन कारावासको सजाय सुनाइएको थियो ।

तर, सन् २०११ मा इजरायली सिपाही गिलाड शालितको बदलामा १,००० भन्दा बढी कैदीहरूको आदानप्रदानको क्रममा सिनवारलाई पनि रिहा गरिएको थियो। त्यतिन्जेल सिनवारले करिब २२ वर्ष जेलमा बिताइसकेका थिए ।

खान युनिसको कसाईलाई सिनवार भनिन्थ्यो । जुन क्रूर हत्याका लागि परिचित थियो। बीबीसीको रिपोर्टका अनुसार सिनवारलाई इजरायलका लागि जासुसी गरेको आशंकामा उनका भाइले जिउँदै गाडेका थिए।

अचम्मको कुरा के छ भने दाहसंस्कार बेलचाले ​​होइन, चम्चाले गरिएको थियो । यस्तो क्रूरताका कारण सिनवारलाई खान युनिसको कसाई पनि भनिन्छ। सिनवार नजिकका मानिसहरू पनि उनीसँग डराउँथे। भनिन्छ सिनवारको कुरालाई टालटुल गर्दै हुनुहुन्छ भने आफ्नो ज्यान नै दाउमा लगाइरहनुभएको छ ।

सन् २०१५ मा सिनवारले हमास कमाण्डर महमूद इश्तिवीलाई यातना दिएर मारेका थिए। इष्टिवीमाथि समलिङ्गी सम्बन्ध र पैसा हिनामिना गरेको आरोप लागेको थियो । सिन्वार मानिसलाई नियन्त्रण गर्ने माहिर थिए।

सन् २०१४ मा उनलाई मृत घोषणा गरिएको थियो तर केही समयपछि यो अफवाह सावित भयो । सन् २०१५ मा याह्यालाई अमेरिकाले आतंकवादी घोषणा गरेको थियो ।

युद्ध अझै रोकिएको छैन ?

इजरायलका सर्वसाधारणले सिनवारलाई एक आतंककारीकारुपमा लिँदै आएका छन् । त्यसैले उनको मृत्युलाई वर्तमान युद्धको अन्त्यको संकेतका रुपमा व्याख्या गरिरहेका बीबीसीले जनाएको छ ।

युद्ध रोकिन सक्ने सम्भावनालाई लिएर इजरायली नागरिकमाझ खुसीयाली छाएको बताइएको छ ।

यद्यपी इजरायलले सिनवारको मृत्यु हमासलाई गम्भीर धक्का हो, तर युद्धको अन्त्य होइन भन्ने सन्देश प्रवाह गरेको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सैनिकहरूको प्रशंसा गरे र जतिसुकै ठूलो विजय भए पनि यो युद्धको अन्त्य नभएको स्पष्ट पारे। उनले भने –आज हामीले फेरि एकपटक स्पष्ट पार्‍यौं कि हामीलाई हानि पुर्‍याउनेहरूको के हुन्छ। आज हामीले फेरि एकपटक विश्वलाई राम्रो र खराबको बीचको विजय देखायौं। युद्ध अझै सकिएको छैन। यो कठिन छ, र यसले हामीलाई महँगो पर्दैछ।

सिनवारलाई गतवर्ष अक्टोबर ७ मा इजरायली भूमिभित्र भएको हमासको आक्रमणको प्रमुख योजनाकार भएको इजरायली आरोप छ। सो आक्रमणका क्रममा करिब ११३९ मानिस मारिएका थिए भने २०० भन्दा बढीलाई बन्धक बनाएर गाजातर्फ लगिएको थियो।

के युद्ध अन्त्य होला ?

यो प्रश्न अझै अनुत्तरित छ । इजरायली प्रधानमन्त्री नेतान्याहूले भने युद्ध अझै पनि जारी रहेको बताएका छन् । अझै पनि गाजा, प्यालेस्टाइन र लेबनानमा हवाइ आक्रमणहरू रोकिएका छैनन् ।

यसले के देखाउँछ भने युद्ध प्रभावित सर्वसाधारणको खुशी धेरै टाढा छ । अमेरिकी विदेश विभागका प्रवक्ताले भने जस्तो अवस्था छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register