स्रोत नखुलेको ८ लाखभन्दा बढी रकमसहित राधेराधेबाट एक जना पक्राउ

भक्तपुर। मध्यपुर ठिमी नगरपालिका-९ राधेराधेबाट स्रोत नखुलेको नगद ८ लाख ५० हजार रूपैयाँ सहित रौतहट गजुरा नगरपालिका-४ घर भई काठमाडौं महानगरपालिका-७ रातोपुल बस्ने ३७ वर्षीय शशीकान्त चौलागाईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई उक्त स्रोत नखुलको नगद, विभिन्न बैंकको एटिएम कार्ड ५ थान लगायतका सामानहरू सहित पक्राउ गरेको […]

Oct 18, 2024 - 07:22
 0
स्रोत नखुलेको ८ लाखभन्दा बढी रकमसहित राधेराधेबाट एक जना पक्राउ

भक्तपुर।

मध्यपुर ठिमी नगरपालिका-९ राधेराधेबाट स्रोत नखुलेको नगद ८ लाख ५० हजार रूपैयाँ सहित रौतहट गजुरा नगरपालिका-४ घर भई काठमाडौं महानगरपालिका-७ रातोपुल बस्ने ३७ वर्षीय शशीकान्त चौलागाईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई उक्त स्रोत नखुलको नगद, विभिन्न बैंकको एटिएम कार्ड ५ थान लगायतका सामानहरू सहित पक्राउ गरेको हो ।

उनी उपर हुण्डी सम्बन्धी कारोबार गर्न नहुने सम्बन्धी कसुरमा जिल्ला अदालत भक्तपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register