रविलाई पक्राउ गर्न लागिएको रास्वपाको आशंका, समात्न दाउ कुरिरहेको दाबी

काठमाडौं । पार्टी सभापति रवि लामिछानेलाई सरकारले जतिबेला पनि पक्राउ गर्न सक्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूले विपक्षी दलहरूको बैठकमा गुनासो गरेका छन् । शुक्रबार बिहान बसेको विपक्षी दलहरूको बैठकमा  रास्वपाको नेताहरुले सरकारले लामिछानेलाई पक्राउ गर्न खोजिरहेको चर्चा गरे । बैठकमा रास्वपाका तर्फबाट ६ जना नेताहरु उपस्थित थिए । राजनीतिक पूर्वाग्रह राखेर पार्टी […]

Oct 18, 2024 - 07:29
 0
रविलाई पक्राउ गर्न लागिएको रास्वपाको आशंका, समात्न दाउ कुरिरहेको दाबी

काठमाडौं । पार्टी सभापति रवि लामिछानेलाई सरकारले जतिबेला पनि पक्राउ गर्न सक्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूले विपक्षी दलहरूको बैठकमा गुनासो गरेका छन् ।

शुक्रबार बिहान बसेको विपक्षी दलहरूको बैठकमा  रास्वपाको नेताहरुले सरकारले लामिछानेलाई पक्राउ गर्न खोजिरहेको चर्चा गरे । बैठकमा रास्वपाका तर्फबाट ६ जना नेताहरु उपस्थित थिए ।

राजनीतिक पूर्वाग्रह राखेर पार्टी सभापतिलाई पक्राउ गर्न खोजिएको भन्दै गुनासो गरेका बैठकमा सहभागी नेताहरूले बताए ।

बिहीबार टीआरसीबारे छलफल गर्न बालुवाटारमा नेपाली कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरूको बैठक बसेको थियो । सो बैठकमा रवि लामिछानेबारे समेत छलफल भएको चर्चा भएको थियो ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै रास्वपा नेता विराजभक्त श्रेष्ठले निष्पक्ष अनुसन्धानलाई सघाउन सभापति लामिछाने तयार भए पनि पूर्वाग्रही व्यवहार स्वीकार्य नहुने बताए ।

उनले भने, ‘सभापतिजी अनुसन्धानमा सघाउन तयार हुनुहुन्छ । तर सरकारले पूर्वाग्रही ढङ्गबाट पक्राउ गर्न खोजेको छ । समात्न दाउ कुरिरहेको छ ।’

शुक्रबारको बैठकमा सरकारले रविलाई पक्राउ गरेमा प्रतिवाद गर्नेबारे छलफल समेत भएको छ । बैठक आह्वानकर्ता नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि लामिछाने पक्राउ हुन सक्ने संकेत गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register