बालिकालाई जबर्जस्ती यौनजन्य कार्यमा लगाउने गेस्ट हाउस सञ्चालक पक्राउ

काठमाडौं । बालिकालाई जबर्जस्ती यौनजन्य कार्यमा लगाएको आरोपमा नयाँ बसपार्कस्थित एक गेस्ट हाउस सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा निमा गेस्ट हाउसका सञ्चालक सुजन तामाङ छन् । उनीविरुद्ध एक वर्षअघि नै जाहेरी परेको थियो । त्यसपछि उनी फरार थिए । तामाङले गेस्ट हाउस सरसफाइको काममा राखिएकी बालिकालाई जबर्जस्ती यौनजन्य कार्यमा लगाएको पाइएको प्रहरीको मानव बेचबिखन […]

Oct 18, 2024 - 07:41
 0
बालिकालाई जबर्जस्ती यौनजन्य कार्यमा लगाउने गेस्ट हाउस सञ्चालक पक्राउ

काठमाडौं । बालिकालाई जबर्जस्ती यौनजन्य कार्यमा लगाएको आरोपमा नयाँ बसपार्कस्थित एक गेस्ट हाउस सञ्चालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा निमा गेस्ट हाउसका सञ्चालक सुजन तामाङ छन् । उनीविरुद्ध एक वर्षअघि नै जाहेरी परेको थियो । त्यसपछि उनी फरार थिए ।

तामाङले गेस्ट हाउस सरसफाइको काममा राखिएकी बालिकालाई जबर्जस्ती यौनजन्य कार्यमा लगाएको पाइएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।

उनीविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register