विपद्जन्य घटनामा मृत्यु भएका प्रत्येक परिवारका एक जना सदस्यको बीमा सरकारले गर्ने !

काठमाडौँ । विपद्जन्य घटनामा ज्यान गुमाएका परिवारका एक जना सदस्यको बीमा सरकारले गर्ने भएको छ । बिहीबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले जेठ २८ गतेदेखि असोज २६ गतेसम्म विपद्जन्य घटनामा मृत्यु भएका परिवारका एक जना सदस्यको बीमा गर्न सिफारिस गरेको हो । समितिको यस्तो सिफारिससँगै सरकारले विपद्जन्य घटनामा ज्यान गुमाएका […]

Oct 18, 2024 - 08:11
 0
विपद्जन्य घटनामा मृत्यु भएका प्रत्येक परिवारका एक जना सदस्यको बीमा सरकारले गर्ने !

काठमाडौँ । विपद्जन्य घटनामा ज्यान गुमाएका परिवारका एक जना सदस्यको बीमा सरकारले गर्ने भएको छ ।

बिहीबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले जेठ २८ गतेदेखि असोज २६ गतेसम्म विपद्जन्य घटनामा मृत्यु भएका परिवारका एक जना सदस्यको बीमा गर्न सिफारिस गरेको हो । समितिको यस्तो सिफारिससँगै सरकारले विपद्जन्य घटनामा ज्यान गुमाएका परिवारका एक सदस्यको बीमा गर्नेगरी तयारी अघि बढाएको बुझिएको छ ।

त्यस्तै, विपद्पछिको उद्धार र पूनर्निमाणको कामलाई तिव्रता दिनेसँगै खोज उद्धार कार्यलाई थप प्रभावकारी बनाउन थप संख्यामा हेलिकप्टर आवश्यक रहेको र खोज तथा उद्धार कार्यमा आवश्यक उपकरण विपद् जोखिम न्युनिकरण सम्बन्धी राष्ट्रिय परिषद्को बैठकमा सिफारिस गर्ने निर्णय भएको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव बसन्त अधिकारीले बताएका छन् ।

सरकारले २१ गते राजपत्रमा सूचना प्रकाशित गरेर विभिन्न २० जिल्लाका ७१ वटा स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहलाई राहत सहयोगको रुपमा ७१ वटा स्थानीय तहलाई स्थानीय तहमा भएको क्षतिको आँकलन गरी तीन चरणमा विभाजन गरिएको छ । जसमध्ये पहिलो चरणका ९ वटा स्थानीय तहलाई एक करोड, दोस्रोमा रहेका १२ वटा स्थानीय तहलाई ७५ लाखका दरले र तेस्रो क्याटागोरीका ५० वटा स्थनीय तहलाई ५० लाखका दरले उपलब्ध गराउने निर्णय भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register