आज र भोलि देशैभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

झापा, २ कात्तिक । बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख लीला विक्रम थापाले कात्तिक २ र ३ गते ५ वर्ष मुनिका बालबालिकालाई लक्षित गरी कार्यक्रम गरिने बताउनुभयो । उहाँले सात सय ५३ स्थानीय तहमा यस्को व्यवस्था रहेको जनाउँदै [...] The post आज र भोलि देशैभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै appeared first on Jhapa Online.

Oct 18, 2024 - 12:06
 0
आज र भोलि देशैभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

झापा, २ कात्तिक । बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख लीला विक्रम थापाले कात्तिक २ र ३ गते ५ वर्ष मुनिका बालबालिकालाई लक्षित गरी कार्यक्रम गरिने बताउनुभयो ।

उहाँले सात सय ५३ स्थानीय तहमा यस्को व्यवस्था रहेको जनाउँदै पायक पर्ने स्थान विद्यालय, वडा कार्यालयमा स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिएको बताउनुभयो । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत हरेक वर्ष ६ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा एक वर्षदेखि पाँच वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाइने गरिएको छ ।

उहाँले भन्नुभयो,“बालबालिकाको सर्वाङ्गीण विकासको लागि खोप र पोषण दुवै अपरिहार्य आवश्यक छ । ६ महिनादेखि ५ वर्ष मुनिका करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र एक देखि पाँच वर्ष मुनिका बालबालिकालाई १८ देखि १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य लिएका छौँ ।” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसका बारेमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

The post आज र भोलि देशैभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register