मृगौला पीडित भक्तबहादुर भारतीद्वारा सहयोगको अपिल

बिर्तामोड, १२ कात्तिक । दुबै मृगौला खराव भएर उपचार गर्दा गर्दै भएको सवै सम्पत्ति सकेर अर्काको घरमा आश्रय लिएर बसेका भक्तबहादुर भारतीले सहयोगको अपिल गरेका छन् । झापाको मेचीनगर–४ स्थित बाहुण्डाँगीका दुबै मृगौला खराव भएका ४० बर्षिय भारतीले सकेको आर्थिक सहयोग गरेर जीवन बचाइदिन देश तथा बिदेशमा रहने सम्पूर्णमा आग्रह गरेका छन् । हाल अर्जुनधारा–४ [...] The post मृगौला पीडित भक्तबहादुर भारतीद्वारा सहयोगको अपिल appeared first on Jhapa Online.

Oct 28, 2024 - 04:26
 0
मृगौला पीडित भक्तबहादुर भारतीद्वारा सहयोगको अपिल

बिर्तामोड, १२ कात्तिक । दुबै मृगौला खराव भएर उपचार गर्दा गर्दै भएको सवै सम्पत्ति सकेर अर्काको घरमा आश्रय लिएर बसेका भक्तबहादुर भारतीले सहयोगको अपिल गरेका छन् ।

झापाको मेचीनगर–४ स्थित बाहुण्डाँगीका दुबै मृगौला खराव भएका ४० बर्षिय भारतीले सकेको आर्थिक सहयोग गरेर जीवन बचाइदिन देश तथा बिदेशमा रहने सम्पूर्णमा आग्रह गरेका छन् । हाल अर्जुनधारा–४ स्थित समावेशी टोलको एक घरमा आश्रय लिएर परिवारसहित बस्दै आएका रोगी भारतीले सवैको सानो सहयोगले आफ्नो जीवन बच्ने भन्दै सहयोगको अपेक्षा गरेका हुन् ।

२०८० पुसमा प्रेसरले हानेपछि धुलाबारीस्थित आम्दा अस्पतालमा परिक्षण गर्दा त्यहाँका चिकित्सकको सल्लाह अनुसार बिराटनगरको नोवेल टिचिङ अस्पतालमा परिक्षण गर्दा दुबै मृगौला फेल भएको थाहा पाएको उनले जानकारी दिए ।

हाल भारती बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा हप्तामा दुई पटक डायोलोसिस गर्दै आएका छन् । डायोलोसिस फ्रिमा भएपनि रगत लिदा र अन्य औषधी सेवन गर्न महिनाको २० हजार रुपैयाँ जती खर्च हुने उनी बताउँछन् ।

‘उपचारकै क्रममा भएको सवै सम्पत्ती सके’ भक्तबहादुरले भने ‘अहिले अर्जुनधारा–६ को समावेशी टोलमा एउटा घरमा आश्रय लिएर बसेको छु ।’ आर्थिक अवस्था कमजोर भएका कारण मेचीनगर–४ बाहुण्डाँगीमा रहेको ७ कठ्ठा जग्गासहित घर बेचेर उपचार गर्दै आएका उनको हाल आर्थिक अभावकै कारण उपचारमा समस्या भएको उनकी श्रीमती गिता गिरी भारतीले बताइन् । आफ्नो भएको जायजेथा सवै बेचेर साथै आफन्तहरुसँग सापटी लिएर उपचार गर्दा पनि ठीक नभएको र अव उपचार गर्न कुनै बाटो नभएकाले सवै समक्ष सहयोगको याचाना गरिएको श्रीमती गिताले बताइन् ।

पिडीत भारती दम्पत्ती १७ बर्षिया छोरी आयुश्मा र १५ बर्षिय छोरा आयुसका साथमा समावेशी टोलको एक घरमा आश्रय लिएर बस्दै आएका छन् । भक्तबहादुर परिवारका एक मात्र छोरा हुन् ।

आर्थिक अभावकै कारण उपचारमा समस्या झेल्दै आएका भक्तबहादुरलाई सकेको आर्थिक सहयोग गरेर उपचारमा सहयोग गरी जीवन बचाइदिन भारती बन्धु एकता समाज नेपालका केन्द्रिय अध्यक्ष उमेश भारती र सचिव बिमल भारतीले सवैमा अनुरोध गरेका छन् । उनलाई सहयोग गर्ने मनका धनिले दुबै मृगौला रोगी खराब भएका भक्तबहादुर भारतीको नाममा रहेको नेपाल बैंक लि. खाता नं. ०५५०१००७६४०४४००००००१ मा सहयोग गर्न सकिनेछ ।

The post मृगौला पीडित भक्तबहादुर भारतीद्वारा सहयोगको अपिल appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register