लागुऔषधसहित १० जना पक्राउ

झापा, २ कात्तिक । झापा, सुनसरी, भोजपुर र धनकुटाबाट लागुऔषध ब्राउनसुगरसहित १० जनालाई प्रहरीले नियन्त्रणमा ल्एिको छ । कात्तिक १ गते दिउँसो सुनसरीको कोशी गाउँपालिका–१ स्थितमा इलाका प्रहरी कार्यालय लौकही र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले ५ ग्राम ९२० मिलिग्राम ब्राउनसुगरसहित बेचबिखनमा संलग्न सप्तरी राजवीराजका १९ बर्षीय रोहितकुमार मण्डल, इटहरीका ३६ वर्षीय अग्रदीप [...] The post लागुऔषधसहित १० जना पक्राउ appeared first on Jhapa Online.

Oct 18, 2024 - 12:06
 0
लागुऔषधसहित १० जना पक्राउ

झापा, २ कात्तिक । झापा, सुनसरी, भोजपुर र धनकुटाबाट लागुऔषध ब्राउनसुगरसहित १० जनालाई प्रहरीले नियन्त्रणमा ल्एिको छ ।

कात्तिक १ गते दिउँसो सुनसरीको कोशी गाउँपालिका–१ स्थितमा इलाका प्रहरी कार्यालय लौकही र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले ५ ग्राम ९२० मिलिग्राम ब्राउनसुगरसहित बेचबिखनमा संलग्न सप्तरी राजवीराजका १९ बर्षीय रोहितकुमार मण्डल, इटहरीका ३६ वर्षीय अग्रदीप चौधरी र ३० वर्षीय नरेश चौधरीलाई पक्राउ गरेको छ ।

त्यसैगरी, प्रहरी चौकी हिले धनकुटाले धनकुटा नगरपालिका–१ बाट पैदल यात्री स्थानीय २५ वर्षीय फुर्वा तामाङ, २७ वर्षीय छितेन तामाङ, २७ वर्षीय सोनाम तामाङ र महालक्ष्मी नगरपालिका–९ का २८ वर्षीय मनोज भण्डारीलाई १८ ग्राम ५०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

भोजपुरको अरुण गाउँपालिका–६ जरायोटार स्थितमा बा ३ ख २५४९ नम्बरको बसलाई प्रहरी चौकी जरायोटारबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भोजपुर नगरपालिका–९ का २५ वर्षीय अमुल राईलाई ३ ग्राम ६१० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो भने लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा झापाको प्रहरी टोलीले दमक नगरपालिका–५ का ३५ वर्षीय रुपेन्द्र भण्डारी र ३४ वर्षीय नारायणबहादुर बस्नेतलाई २ ग्राम ब्राउनसुगरसहित मेचीनगर नगरपालिका–६ बाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

The post लागुऔषधसहित १० जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register