रवि पक्राउबारे राउतको टिप्पणी- प्रतिशोध र निषेधको राजनीति

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको पक्राउलाई प्रतिशोध र निषेधको संज्ञा दिएका छन्  । शुक्रबार सभापति लामिछाने पक्राउ परेपछि डा राउतले सामाजिक संजाल फेसबुकमा एक स्टाटस शेयर गर्दै यस्तो टिप्पणी गरेका हुन् । ‘२१ सीट भएको नयाँ/राष्ट्रिय पार्टीका सभापति रविजीको अहिलेको पक्राऊलाई म प्रतिशोध र निषेधको […]

Oct 18, 2024 - 17:17
 0
रवि पक्राउबारे राउतको टिप्पणी- प्रतिशोध र निषेधको राजनीति

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको पक्राउलाई प्रतिशोध र निषेधको संज्ञा दिएका छन्  । शुक्रबार सभापति लामिछाने पक्राउ परेपछि डा राउतले सामाजिक संजाल फेसबुकमा एक स्टाटस शेयर गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

‘२१ सीट भएको नयाँ/राष्ट्रिय पार्टीका सभापति रविजीको अहिलेको पक्राऊलाई म प्रतिशोध र निषेधको राजनीतिको अलावा केही भन्न सक्दिन’, अध्यक्ष  राउतले लेखेका छन्,  ‘यो सुनौलो भविष्य बोकेको कोपिलालाई निमोठिएको हो, भावी पुष्ताको स्वर्णिम भविष्यलाई भ्रूणमा नै हत्या गर्न खोजिएको हो। यो पक्राऊ राज्यद्वारा ‘फ्रेमिङ्ग’ गरिएको हो।’

उनले  रवि यसबाट सफलतापूर्वक निस्कनेमा आफू विस्वस्त रहेको समेत बताएका छन् । ‘पछिल्लो दशकमा सरकारद्वारा ऐनकानूनको दुरुपयोगबाट सर्वाधिक दमनको शिकार भएको मान्छे म – दुई दर्जनभन्दा बढी पटक हिरासत/जेल जानु परेको मान्छे म। यहाँको ऐनकानून नै त्यस्तै छ कि राज्यले चाहेमा सडकमा हिँडिरहेको होस् कि घरमै सुतिरहेको जोसुकै, जस्तोसुकै निर्दोषलाई समातेर २५-५० दिन त अनुसन्धानको नाममा त्यस्तै हिरासतमा राखिदिन सक्छ, र अदालतले पछि उनलाई जतिसुकै निर्दोष साबित गरे तापनि राज्यले कुनै माफी समेत माग्नु पर्दैन’, उनले लेखेका छन् ।

हेर्नुस् सिके राउतको स्टाटस 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register