समिति सभापति थापाको व्यङ्ग्य- कलाविहीन नयाँ नाटक मञ्चन भइरहेछ- प्रतिशोध !

काठमाडौं । सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित विशेष संसदीय समितिका सभापति सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पक्राउ परेका त्यसका सभापति रवि लामिछानेप्रति व्यङ्ग्य कसेका छन् । पार्टी सभापति रवि लामिछाने पक्राउ प्रकरणलाई रास्वपाले ‘प्रतिशोध’ भनेको छ । यसप्रति व्यङ्ग्य गर्दै सभापति थापाले यसलाई ‘कलाविहीन नाटक’ भनेका छन् । “क्लिन चीट र सफाइ’ चलचित्र […]

Oct 19, 2024 - 04:22
 0
समिति सभापति थापाको व्यङ्ग्य- कलाविहीन नयाँ नाटक मञ्चन भइरहेछ- प्रतिशोध !

काठमाडौं । सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित विशेष संसदीय समितिका सभापति सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पक्राउ परेका त्यसका सभापति रवि लामिछानेप्रति व्यङ्ग्य कसेका छन् ।

पार्टी सभापति रवि लामिछाने पक्राउ प्रकरणलाई रास्वपाले ‘प्रतिशोध’ भनेको छ । यसप्रति व्यङ्ग्य गर्दै सभापति थापाले यसलाई ‘कलाविहीन नाटक’ भनेका छन् ।

“क्लिन चीट र सफाइ’ चलचित्र केही दिनमै सर्वत्र फ्लप भएलगत्तै कलाविहीन नयाँ नाटक मञ्चन भइरहेछ- ‘प्रतिशोध’ । सुपरफ्लप हुने बाटो- प्रतिक्षा गरौँ ।

त्यसो त थापा नेतृत्वकै समितिले रविमाथि अनुसन्धान गर्न सिफारिस गरेको थियो । समितिको प्रतिवेदनमा रवि व्यक्तिगत रूपमा दोषी नदेखिए पनि संस्थागत रूपमा उन्मुक्ति दिन नहुने उल्लेख थियो । त्यसकै आधारमा रवि शुक्रबार साँझ पक्राउ परेका छन् ।

अहिले उनलाई पोखरा पुर्‍याइएको छ । उनी जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register