चितवनको हिरासतमा एक पुरुष मृत भेटिए

चितवन । चितवनमा हिरासतमा रहेका एकजना मृत भेटिएका छन् । चितवनको रत्ननगरस्थित इलाका प्रहरी कार्यालय, टाँडीको हिरासतमा रहेका एक थुनुवा मृत अवस्थामा भेटिएका हुन् । हिरासत कक्षमा रहेका अपराधिक लाभ कसूर मुद्दाका थुनुवा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए । गत कात्तिक  १ गते ५ दिनका लागि म्याद थप […]

Oct 19, 2024 - 04:32
 0
चितवनको हिरासतमा एक पुरुष मृत भेटिए

चितवन । चितवनमा हिरासतमा रहेका एकजना मृत भेटिएका छन् । चितवनको रत्ननगरस्थित इलाका प्रहरी कार्यालय, टाँडीको हिरासतमा रहेका एक थुनुवा मृत अवस्थामा भेटिएका हुन् ।

हिरासत कक्षमा रहेका अपराधिक लाभ कसूर मुद्दाका थुनुवा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए ।

गत कात्तिक  १ गते ५ दिनका लागि म्याद थप गरिएका रत्ननगर-१३ का ४५ वर्षीय महमद क्यामोदिन थुनुवा कक्षको बाथरुमको ढोका छेउमा घोप्टो अवस्थामा भेटिएको थियो ।

यसपछि उनी नउठेपछि भरतपुर अस्पताल पुर्‍याइएको थियो तर, चिकित्सकले उनलाई अगाडि नै मृत्यु भइसकेको बताउँदै मृत घोषित गरे ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register