सभापति पक्राउको विरोधमा सडकमा देखियो रास्वपाको आक्रोश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ विरुद्ध पोखरा लगायत विभिन्न सहरमा रास्वपाले सडकमा आक्रोश व्यक्त गरेको छ । शनिबार देशका विभिन्न सहर गरिएको  शक्ति प्रदर्शनमा प्रदर्शनकारीले सरकार विरुद्ध चर्का नारा लगाए । रास्वपाले शक्ति प्रदर्शनको केन्द्र पोखरालाई बनाए पनि काठमाडौंमा पनि प्रदर्शन गर्‍यो । पोखराको मानवअधिकार चोकमा पक्राउको विरोध आयोजित […]

Oct 19, 2024 - 14:47
 0
सभापति पक्राउको विरोधमा सडकमा देखियो रास्वपाको आक्रोश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ विरुद्ध पोखरा लगायत विभिन्न सहरमा रास्वपाले सडकमा आक्रोश व्यक्त गरेको छ । शनिबार देशका विभिन्न सहर गरिएको  शक्ति प्रदर्शनमा प्रदर्शनकारीले सरकार विरुद्ध चर्का नारा लगाए ।

रास्वपाले शक्ति प्रदर्शनको केन्द्र पोखरालाई बनाए पनि काठमाडौंमा पनि प्रदर्शन गर्‍यो । पोखराको मानवअधिकार चोकमा पक्राउको विरोध आयोजित प्रदर्शनमा केन्द्रीयस्तरका नेतादेखि जिल्ला-जिल्लाबाट कार्यकर्ता सहभागी थिए । विरोध प्रदर्शपछिको कोणसभामा पार्टी उपसभापति स्वर्णिम वाग्ले, डिपी अर्याल, कार्यवाहक प्रवक्ता मनिष झा, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सांसदहरू तोसिमा कार्की, हरि ढकाल, नेता रमेश प्रसाई लगायतका नेताले सम्बोधन गरेका थिए ।

कार्यक्रममा रास्वपा नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस महामन्त्री गगन थापाविरुद्ध निशाना केन्द्रित गरे । ‘दलाल माफियाहरू होसियार’, ‘भ्याट छल्नेहरूलाई कारबाही गर’, ‘राजनीतिक प्रतिशोध बन्द गर’, ‘भ्रष्टहरूलाई कारबाही गर’, ‘सहकारी पीडितलाई न्याय दे’, ‘केपी ओली मुर्दावाद’, ‘रवि दाइ हाइ हाइ’ जस्ता नारा प्रदर्शनकारीले लगाएका थिए ।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र एमाले नेता तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेष पोखरेलको तस्बिर बोकेका प्रदर्शनकारीले सत्तारुढ दलका ‘वास्तविक ठग’ ठगलाई जोगाएको बताए ।

यता, काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनपछि नयाँ बानेश्वरतर्फ लागेको भिडलाई बबरमहलमा प्रहरीले रोकेको थियो ।

सहकारीको रकम अपचलन गरेको आरोपमा नेपाल प्रहरीकाे सीआईबीको टोलीले लामिछानेलाई शुक्रबार राति पार्टी कार्यालयबाट पक्राउ गरेको थियो । उनलाई राति नै पोखरा लगेर जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा राखिएको छ ।

रविविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले संगठित अपराध र सहकारी ठगीमा मुद्दा चलाउनेछ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register