वास्तुअनुसार घरको यो स्थानमा नराख्नुहोस् ऐना

एजेन्सी । वास्तुशास्त्र अनुसार घरमा भएका हरेक वस्तुमा ऊर्जा हुन्छ, कुनै चीजमा सकारात्मक र कुनैमा नकारात्मक । सकारात्मक परिणाम पाउन ती वस्तु सही ठाउँमा हुनु जरुरी हुन्छ । यसो गर्दा घरमा समृद्धि आउँछ भन्ने शास्त्रमा उल्लेख छ । घर वा कार्यालयमा वास्तुका नियमहरू पालना गर्दा सकारात्मक ऊर्जा आउने बताइन्छ । वास्तुशास्त्र अनुसार ऐना घरमा कहाँ […]

Oct 20, 2024 - 12:25
 0
वास्तुअनुसार घरको यो स्थानमा नराख्नुहोस् ऐना

एजेन्सी । वास्तुशास्त्र अनुसार घरमा भएका हरेक वस्तुमा ऊर्जा हुन्छ, कुनै चीजमा सकारात्मक र कुनैमा नकारात्मक । सकारात्मक परिणाम पाउन ती वस्तु सही ठाउँमा हुनु जरुरी हुन्छ । यसो गर्दा घरमा समृद्धि आउँछ भन्ने शास्त्रमा उल्लेख छ ।

घर वा कार्यालयमा वास्तुका नियमहरू पालना गर्दा सकारात्मक ऊर्जा आउने बताइन्छ । वास्तुशास्त्र अनुसार ऐना घरमा कहाँ हुनुपर्छ भन्नेमा विशेष ध्यान दिनुपर्छ । घरमा ऐना लगाउन उत्तर वा पूर्व दिशा छान्नुपर्छ ।

शास्त्रमा उत्तर वा पूर्व दिशालाई सकारात्मक ऊर्जाको केन्द्र मानिएको छ । यसलाई धनका देवता कुबेरको दिशा मानिन्छ । त्यसैले यो दिशामा ऐना लगाउँदा घरमा पैसाको आगमन बढ्छ भनिन्छ ।

उत्तर वा पूर्व दिशामा ऐना लगाउँदा घरमा शान्तिको वास हुने पनि मान्यता छ । यो कुरामा विशेष ध्यान दिनुहोस् कि उत्तर वा पूर्व दिशाको अर्थ हो ऐना हेर्ने व्यक्तिको अनुहार पूर्व वा उत्तर तर्फ फर्कनु पर्छ ।

वास्तु अनुसार घरमा गलत ठाउँमा लगाइएको ऐनाले तपाईंको भाग्य बिगार्न सक्छ । गोलो ऐना लगाउनु राम्रो मानिन्छ । ऐना कहिल्यै पनि तपाईंको ओछ्यानको ठीक अगाडी हुनु हुँदैन भन्ने मान्यता छ ।

बिहान उठ्ने बित्तिकै ऐना हेर्नु शुभ मानिँदैन । ऐना कहिल्यै पनि पश्चिम वा दक्षिणको भित्तामा लगाउनु हुँदैन । यस दिशामा ऐना लगाउँदा घरमा अशान्ति हुने शास्त्रमा उल्लेख छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register