साढे २० लाख भारुसहित २ भारतीय नागरिक पक्राउ

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरबाट प्रहरीले स्रोत नखुलेको २० लाख ५० हजार भारतीय रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । सोमबार साँझ भारतबाट नेपाल प्रवेश गर्दै गरेका दुई गाडीमा चेकजाँच गर्दा उक्त रकम बरामद भएको हो । कृष्णनगर नगरपालिका २ लिङ्गेटमा चेकिङमा खटिएको प्रहरी टोलीले यूपी ४५ ए.एस. ६६६३ नम्बरको गाडीबाट ८ लाख र यूपी ४२ […]

Oct 22, 2024 - 05:19
 0
साढे २० लाख भारुसहित २ भारतीय नागरिक पक्राउ

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरबाट प्रहरीले स्रोत नखुलेको २० लाख ५० हजार भारतीय रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

सोमबार साँझ भारतबाट नेपाल प्रवेश गर्दै गरेका दुई गाडीमा चेकजाँच गर्दा उक्त रकम बरामद भएको हो ।

कृष्णनगर नगरपालिका २ लिङ्गेटमा चेकिङमा खटिएको प्रहरी टोलीले यूपी ४५ ए.एस. ६६६३ नम्बरको गाडीबाट ८ लाख र यूपी ४२ डी.टी. ५७२१ नम्बरको गाडीबाट १२ लाख ५० हजार भारतीय रुपैयाँ फेला पारेको जानकारी कपिलवस्तु प्रहरीका सूचना अधिकारी मोहनमणि अधिकारीले दिएका छन् ।

प्रहरीले रकमको स्रोत नखुलेको भन्दै थप अनुसन्धानका लागि दुवै गाडीका सवारलाई नियन्त्रणमा लिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register