अमेरिकाविरुद्धको टी २० सिरिज नेपालद्धारा क्लिनस्विप, आसिफको अर्धशतक

काठमाडौं । नेपालले अमेरिकाविरुद्धको टी २० सिरिज क्लिनस्विप गरेको छ। ग्रान्ड प्रेरि स्टेडियममा सोमबार भएको सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गर्दै सिरिज क्लिनस्विप गरेको हो। अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको हो। नेपालका लागि आसिफ शेखले ५८ र कुशल मल्लले अविजित ४४ रन बनाए। आसिफले […]

Oct 21, 2024 - 04:25
 0
अमेरिकाविरुद्धको टी २० सिरिज नेपालद्धारा क्लिनस्विप, आसिफको अर्धशतक

काठमाडौं । नेपालले अमेरिकाविरुद्धको टी २० सिरिज क्लिनस्विप गरेको छ।

ग्रान्ड प्रेरि स्टेडियममा सोमबार भएको सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गर्दै सिरिज क्लिनस्विप गरेको हो।

अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको हो।

नेपालका लागि आसिफ शेखले ५८ र कुशल मल्लले अविजित ४४ रन बनाए। आसिफले ३८ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे।

यस्तै, कुशल भूर्तेलले अविजित ४० र अनिल साहले १३ रन बनाए। अमेरिकाका लागि जसदीप सिंह र जुआनोय ड्रिसडेलले १ १ विकेट लिए।

पहिले ब्याटिङ गरेको अमेरिकाले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १५६ रन बनाएको हो।

अमेरिकाका लागि साइतेजा मुक्कामल्लाले ६८ र मिलिन्द कुमारले ४३ रन बनाए। नेपालका लागि सोमपाल कामीले ३ तथा रिजन ढकाल र ललित राजवंशीले १ १ विकेट लिए।

३ खेलको टी २० सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको थियो। दोस्रो खेलमा भने नेपालले अमेरिकालाई सुपर ओभरमा हरायो।

अब विश्वकप क्रिकेट लिग २ मा नेपालले अमेरिका र स्कटल्याण्डसँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register