सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, छिट्टै तोलाको दुई लाख पुग्ने !

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो । आइतबार प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ६०० रुपैयाँले बढेर एक लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यता […]

Oct 21, 2024 - 06:19
 0
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, छिट्टै तोलाको दुई लाख पुग्ने !

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो ।

आइतबार प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ६०० रुपैयाँले बढेर एक लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि नयाँ रेकर्ड बनाएको छ । आज चाँदीको मूल्य  २० रुपैयाँले बढेर प्रतितोला २०९५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ४१ हजार ९ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १७९६ रुपैयाँ कायम गरेको छ ।

केहि दिन यता सुनको मूल्य निरन्तर बढिरहेको छ। अव छिट्टै सुनको मूल्य दुई लाख पुग्ने जानकारहरुको भनाई छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register