रवि पक्राउको विरोधमा तेस्रो दिन पनि समर्थकको प्रदर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउको विरोधमा समर्थकले आज तेस्रो दिन पनि प्रदर्शन गरिरहेका छन् । सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरीको सीआईबीले गत शुक्रबार (२ कार्तिक) साँझ प्रकाउ गरेको थियो । उनी अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । समर्थकहरु रवि पक्राउको विरोधमा पोखराका विभिन्न स्थानमा आज पनि […]

Oct 21, 2024 - 08:25
 0
रवि पक्राउको विरोधमा तेस्रो दिन पनि समर्थकको प्रदर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउको विरोधमा समर्थकले आज तेस्रो दिन पनि प्रदर्शन गरिरहेका छन् ।

सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरीको सीआईबीले गत शुक्रबार (२ कार्तिक) साँझ प्रकाउ गरेको थियो । उनी अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

समर्थकहरु रवि पक्राउको विरोधमा पोखराका विभिन्न स्थानमा आज पनि प्रदर्शन गरिरहेका छन् ।

आन्दोलनकारीले ‘दलाल माफियाहरू होसियार’, ‘भ्याट छल्नेहरूलाई कारबाही गर’, ‘राजनीतिक प्रतिशोध बन्द गर’, ‘भ्रष्टहरूलाई कारबाही गर’, ‘सहकारी पीडितलाई न्याय दे’, ‘केपी ओली मुर्दावाद’, ‘रवि दाइ हाइ हाइ’ जस्ता नारा लगाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register