एनपीएल : ब्राण्डन म्याकमुलन सुदूरपश्चिम रोयल्समा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सले ब्राण्डन म्याकमुलनलाई टोलीमा अनुबन्ध गरेको छ । सुदूरपश्चिमले स्कटल्याण्डका ब्राण्डनलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको छ । म्याकमुलेनलाई सबै फर्म्याटका खेलमा आफ्नो विष्फोटक ब्याटिङ र तीव्र गतिको बलिङको लागि चिनिन्छन् । दबाबको दौरान बलिङका महत्वपूर्ण योगदान पुर्‍याउने क्षमता भएका म्याकमुलनलाई सुदूरपश्चिममा जोड्न सफल भएकोमा उत्साहित भएको […]

Oct 21, 2024 - 09:25
 0
एनपीएल : ब्राण्डन म्याकमुलन सुदूरपश्चिम रोयल्समा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सले ब्राण्डन म्याकमुलनलाई टोलीमा अनुबन्ध गरेको छ ।

सुदूरपश्चिमले स्कटल्याण्डका ब्राण्डनलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको छ । म्याकमुलेनलाई सबै फर्म्याटका खेलमा आफ्नो विष्फोटक ब्याटिङ र तीव्र गतिको बलिङको लागि चिनिन्छन् ।

दबाबको दौरान बलिङका महत्वपूर्ण योगदान पुर्‍याउने क्षमता भएका म्याकमुलनलाई सुदूरपश्चिममा जोड्न सफल भएकोमा उत्साहित भएको टोलीले जनाएको छ ।

उनलाई विश्वकप क्रिकेट लिग–२ को दौरान नेपालमा खेल्ने अनुभव पनि रहेको छ । स्कटल्याण्डका लागि उनले २२ एकदिवसीय खेल र १६ टी-२० आई खेलेका छन् ।

टोलीमा दीपेन्द्र सिंह ऐरी मार्की खेलाडीको रुपमा छन् । जगत टमाटा भने टोलीका मुख्य प्रशिक्षक हुन् ।

एनपीएल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register