प्रचण्डले भने- प्रधानमन्त्रीको काम भ्रष्टाचारलाई प्रश्रय दिने भएको छ, १०० दिनपछि विरोध सुरु हुन्छ

जुम्ला । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको काम भ्रष्टाचारलाई प्रश्रय दिने भएको बताएका छन् । सोमबार जुम्ला आएका प्रचण्डले पत्रकार भेटघाटका क्रममा यस्तो बताएका हुन् । उनले व्यवसायी मीनबहादुर गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा (एमाले) लाई जग्गा दिएको सन्दर्भ कोट्याउँदै यस्तो बताएका हुन् । “तपाईंहरूले […]

Oct 21, 2024 - 10:01
 0
प्रचण्डले भने- प्रधानमन्त्रीको काम भ्रष्टाचारलाई प्रश्रय दिने भएको छ, १०० दिनपछि विरोध सुरु हुन्छ

जुम्ला । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको काम भ्रष्टाचारलाई प्रश्रय दिने भएको बताएका छन् ।

सोमबार जुम्ला आएका प्रचण्डले पत्रकार भेटघाटका क्रममा यस्तो बताएका हुन् । उनले व्यवसायी मीनबहादुर गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा (एमाले) लाई जग्गा दिएको सन्दर्भ कोट्याउँदै यस्तो बताएका हुन् ।

“तपाईंहरूले देख्नुभएकै छ, मेरो नेतृत्वको सरकारले जसलाई राज्यको जमिन जबरजस्ती व्यक्तिको नाममा लाने भनेर कारबाही गर्‍यो, जसविरुद्ध अदालतमा मुद्दा चलाइएको छ । त्यस्ताबाट दानको नाममा प्रधानमन्त्री स्वयम्‌ले जमिन लिने भएपछि प्रधानमन्त्रीको काम भ्रष्टाचारलाई प्रश्रय दिने भएको छ,” उनले भने ।

प्रचण्डले ‘हनीमून पिरियड’ सकिएपछि सरकारको विरोध सुरु हुने बताए । “हनीमून पिरियडसम्म विरोधका कार्यक्रम गरेका छैनौँ । मैले संसद्‌मा खबरदारी वक्तव्य दिएको मात्रै हो, १०० दिन पुगेपछि विरोध सुरु हुन्छ,” उनले भने, “मैले भनेकै थिएँ- यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको हो, भ्रष्टाचारीलाई प्रोमोट गर्न बनेको हो । त्यो देखियो ।”

उनले आफू नेतृत्वको सरकारले राम्रो काम गरेपछि वर्तमान सरकार बनेको दोहोर्‍याए । “भुटानी शरणार्थी प्रकरणमा मुछिएका व्यक्तिहरूलाई गिरफ्तार गर्न थालिएपछि बूढानीलकण्ठ र बालकोटमा ठूलै भूकम्प गयो । यसपछि यो अस्वाभाविक सरकार बन्यो,” उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register