चर्को आवाजको अलार्मले निम्त्याउन सक्छ हृदयाघातको जोखिम

एजेन्सी । अलार्मले धेरैलाई बिहान उठ्न मद्दत गर्छ । तर, के यसले रक्तचापमा वृद्धि गराउन सक्छ ? विज्ञकाअनुसार स्वाभाविक रूपमा रूपमा उठ्ने व्यक्तिको तुलनामा अलार्म लगाएर उठ्ने व्यक्तिको रक्तचापमा ७४ प्रतिशत वृद्धि हुन सक्छ । ७ घण्टा भन्दा कम सुत्नेहरूमा अलार्म लगाएर उठ्दा रक्तचापको वृद्धि बढी हुन्छ । रक्तचापको यो वृद्धिले हृदयाघात र स्ट्रोकको जोखिम […]

Oct 21, 2024 - 10:13
 0
चर्को आवाजको अलार्मले निम्त्याउन सक्छ हृदयाघातको जोखिम

एजेन्सी । अलार्मले धेरैलाई बिहान उठ्न मद्दत गर्छ । तर, के यसले रक्तचापमा वृद्धि गराउन सक्छ ? विज्ञकाअनुसार स्वाभाविक रूपमा रूपमा उठ्ने व्यक्तिको तुलनामा अलार्म लगाएर उठ्ने व्यक्तिको रक्तचापमा ७४ प्रतिशत वृद्धि हुन सक्छ ।

७ घण्टा भन्दा कम सुत्नेहरूमा अलार्म लगाएर उठ्दा रक्तचापको वृद्धि बढी हुन्छ । रक्तचापको यो वृद्धिले हृदयाघात र स्ट्रोकको जोखिम बढाउन सक्छ । विशेष गरी, यो जोखिम पहिलेदेखि हृदय रोग वा उच्च रक्तचाप भएका व्यक्तिमा उच्च हुन्छ ।

अलार्मले अचानक गहिरो निद्राबाट जगाउँछ र यसले ‘स्लीप इर्टिया’ निम्त्याउन सक्छ, जसमा व्यक्तिलाई दुई घण्टासम्म आलस्यता महसुस हुनसक्छ । अलार्मले तनाव स्तर पनि बढाउन सक्छ ।

सुरक्षित विकल्प

  • नियमित रूपमा अलार्मको प्रयोग नगर्नुहोस् ।
  • पर्याप्त निद्रा (७–८ घण्टा) लिनुहोस्, जसले तपाईंलाई स्वाभाविक रूपमा उठ्न मद्दत गर्छ ।
  • तपाईंको कोठामा प्राकृतिक प्रकाश आउन दिनुहोस् ताकि मेलेटोनिनको उत्पादनमा कमी आउन सक्छ, जसले स्वाभाविक रूपमा उठ्न मद्दत गर्दछ ।
  • सुत्ने र उठ्ने तालिका सधैँ एउटै राख्नुहोस् ।
  • यदि तपाईंलाई अलार्मको आवश्यकता छ भने, मधुर वा शान्त आवाज प्रयोग गर्नुहोस् जुन सुन्नमा आनन्ददायक होस् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register