माल्दिभ्सलाई १३-० ले हराउँदै भुटान सेमिफाइनलमा

काठमाडौं। माल्दिभ्सको पोस्टमा एक दर्जन गोल गर्दै भुटान साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा भुटानले माल्दिभ्सलाई १३–० को फराकिलो अन्तरले पराजित गरेको हो । यससँगै ३ अंक प्राप्त गरेको भुटान समुह बीको शीर्ष स्थानमा उक्लिएको छ। ४ अंक भएको नेपाल दोस्रो स्थानमा झरेको छ । अब समुह बीको […]

Oct 24, 2024 - 10:49
 0
माल्दिभ्सलाई १३-० ले हराउँदै भुटान सेमिफाइनलमा

काठमाडौं। माल्दिभ्सको पोस्टमा एक दर्जन गोल गर्दै भुटान साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा भुटानले माल्दिभ्सलाई १३–० को फराकिलो अन्तरले पराजित गरेको हो ।

यससँगै ३ अंक प्राप्त गरेको भुटान समुह बीको शीर्ष स्थानमा उक्लिएको छ। ४ अंक भएको नेपाल दोस्रो स्थानमा झरेको छ ।

अब समुह बीको विजेता र उपविजेताको छिनोफानो हुन बेलुकी साढे ५ बजे नेपाल र श्रीलंकाबीचको खेल कुर्नु पर्ने हुन्छ ।

यसअघि नै समूह एबाट बंगलादेश समूह विजेता र भारत उपविजेता बन्दैँ सेमिफाइनल पुगिसेकेको छ । आईतबार सेमिफाइनलको दुबै खेल हुनेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register