साफ महिला च्याम्पियनसिप : भुटानले श्रीलंकालाई हरायो

काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिप २०२४ मा भुटानले श्रीलंकालाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा भुटानले श्रीलंकालाई ४–१ को गोलअन्तरले पराजित गरेको हो । भुटानका लागि डेकी ल्हाजोम, दोर्जी एडन र नामज्ञेल डेमाले गोल गरिन् । श्रीलंकाका लागि थुशानी मदुशिकाले एक गोल फर्काइन् । खेलको आठौं मिनेटमा डेकीले गोल गर्दै […]

Oct 21, 2024 - 11:07
 0
साफ महिला च्याम्पियनसिप : भुटानले श्रीलंकालाई हरायो

काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिप २०२४ मा भुटानले श्रीलंकालाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा भुटानले श्रीलंकालाई ४–१ को गोलअन्तरले पराजित गरेको हो । भुटानका लागि डेकी ल्हाजोम, दोर्जी एडन र नामज्ञेल डेमाले गोल गरिन् । श्रीलंकाका लागि थुशानी मदुशिकाले एक गोल फर्काइन् ।

खेलको आठौं मिनेटमा डेकीले गोल गर्दै भुटानलाई अग्रता दिलाइन् । २२औं मिनेटमा थुशानीले श्रीलंकाका लागि गोल गर्दै खेललाई बराबरीमा पुर्‍याइन् ।

३१औं मिनेटमा दोर्जेले भुटानका लागि दोस्रो गोल गरिन् । ७५औं मिनेटमा देकीले भुटानका लागि तेस्रो गोल गरिन्। ७८औं मिनेटमा नामज्ञेलले भुटानका लागि चौथो गोल गरिन् ।

यससँगै भुटानले आफ्नो पहिलो जित हासिल गरेको छ । यसअघि नेपालसँग भुटानले गोलरहित बराबरी खेलेको थियो ।

अर्को खेलमा नेपाल र माल्दिभ्स आज साँझ साढे ५ बजे आमनेसामने हुनेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register