जेर्राड इरासमस काठमाडौं गुर्खाजमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली काठमाडौं गुर्खाजले नामिबियाका कप्तान मर्वी जेर्राड इरासमसलाई अनुबन्ध गरेको छ । इरासमसलाई आफ्नो टोलीमा जोड्न पाउँदा खुसी लागेको गुर्खाजले बताएको छ । इरासमसले नामिबियाबाट ५२ एकदिवसीय अन्तर्राष्ट्रिय र ६५ टी-२० अन्तर्राष्ट्रिय खेलेका छन् । इरासमसले दुवै ब्याटिङ र बलिङमार्फत टोलीलाई योगदान पुर्याउन सक्दछन् । इरासमले आफ्नो सामजिक सञ्जालमा […]

Oct 27, 2024 - 05:31
 0
जेर्राड इरासमस काठमाडौं गुर्खाजमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली काठमाडौं गुर्खाजले नामिबियाका कप्तान मर्वी जेर्राड इरासमसलाई अनुबन्ध गरेको छ ।

इरासमसलाई आफ्नो टोलीमा जोड्न पाउँदा खुसी लागेको गुर्खाजले बताएको छ । इरासमसले नामिबियाबाट ५२ एकदिवसीय अन्तर्राष्ट्रिय र ६५ टी-२० अन्तर्राष्ट्रिय खेलेका छन् । इरासमसले दुवै ब्याटिङ र बलिङमार्फत टोलीलाई योगदान पुर्याउन सक्दछन् ।

इरासमले आफ्नो सामजिक सञ्जालमा गुर्खाजसँग जोडिनु पाउँदा खुसी भएको बताएका छन् । ‘फेरि पनि यो सुन्दर देशमा क्रिकेट खेल्न पाउँदा निकै खुसी छु, अझै काठमाडौं गुर्खाजसँग मेरो सबै अनुभव र माया बाँड्ने छु, ’ उनले लेखेका छन् ।

उनी गुर्खाजमा अनुबन्धित हुने दोस्रो विदेशी खेलाडी हुन् । यसअघि टोलीले नेदरल्यान्ड्सका ओपनर माइकल लेभिटलाई अनुबन्धन गरिसकेको छ । गुर्खाजको मार्की खेलाडीमा करण केसी हुन् । टोलीको प्रशिक्षकमा भने वसन्त शाही रहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register