ज्वानो चियाको फाइदा

ज्वानोमा धेरै एन्टिअक्सिडेन्ट, फाइबर, पोटासियम र भिटामिन पाइन्छ । दममा लाभदायक : दम जस्ता रोग लागेका व्यक्तिले पनि ज्वानुको चिया पिउनुपर्छ । ज्वानु तातो प्रकृतिको हुन्छ, त्यसैले यसले दमका बिरामीका लागि औषधीको रूपमा काम गर्छ । दमका बिरामीले बिहान उठेपछि खाली पेटमा ज्वानुको चिया पिउँदा फाइदा हुन्छ । ग्यास समस्याबाट राहत : जसलाई सधैं ग्यासको [...] The post ज्वानो चियाको फाइदा appeared first on Jhapa Online.

Oct 22, 2024 - 01:32
 0
ज्वानो चियाको फाइदा

ज्वानोमा धेरै एन्टिअक्सिडेन्ट, फाइबर, पोटासियम र भिटामिन पाइन्छ ।

दममा लाभदायक : दम जस्ता रोग लागेका व्यक्तिले पनि ज्वानुको चिया पिउनुपर्छ । ज्वानु तातो प्रकृतिको हुन्छ, त्यसैले यसले दमका बिरामीका लागि औषधीको रूपमा काम गर्छ । दमका बिरामीले बिहान उठेपछि खाली पेटमा ज्वानुको चिया पिउँदा फाइदा हुन्छ ।

ग्यास समस्याबाट राहत : जसलाई सधैं ग्यासको समस्या हुन्छ, त्यस्ता व्यक्तिहरूले बिहान उठ्ने बित्तिकै ज्वानुको चिया पिउनुपर्छ । यसले पाचन प्रणालीलाई मजबुत बनाउँछ र पेटसम्बन्धी धेरै समस्यामा यो फाइदाजनक हुन्छ ।

तनाव कम गर्न सहयोगी : ज्वानुको चियाले तनाव कम गर्न मद्दत गर्छ । यसको सेवनले शरीरमा उर्जा मिल्छ र थकान पनि हट्छ ।

तौल घटाउन सहयोगी : लगातार तौल बढेर हैरान भएका व्यक्तिहरूले बिहान उठेपछि ज्वानुको चिया पिउनुपर्छ । बिहान उठेपछि खाली पेटमा ज्वानुको चिया पिउनाले शरीरमा जम्मा भएको बोसो कम हुन्छ र यसले शरीरको मेटाबोलिजमलाई गति दिन्छ र तौल घटाउन मद्दत गर्छ ।

महिनावारीको समयमा राहत : तपाइँ नियमित रूपमा ज्वानु चिया पिउनुहुन्छ भने यो तपाइँको स्वास्थ्यको लागी धेरै लाभदायक छ । यसको सेवनले महिलाहरूलाई महिनावारीको समयमा हुने दुखाईबाट आराम मिल्छ ।

The post ज्वानो चियाको फाइदा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register