नेपालमाथि ११ वर्षअघि लगाएको हवाई प्रतिबन्ध हटाउन सकिने युरोपेली संघको संकेत

काठमाडौं । नेपालमा नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायका रुपमा विभाजन गर्न कानुन पारित भए, युरोपेली संघले नेपालमाथि ११ वर्षअघि लगाएको हवाई प्रतिबन्ध हटाउन सकिने संकेत गरेको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोले यस्तो संकेत गर्दै विधेयक चाँडो पारित गर्न नेपाल सरकारलाई आग्रह गरिन् । हाल नेपाल नागरिक […]

Oct 22, 2024 - 03:19
 0
नेपालमाथि ११ वर्षअघि लगाएको हवाई प्रतिबन्ध हटाउन सकिने युरोपेली संघको संकेत

काठमाडौं । नेपालमा नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायका रुपमा विभाजन गर्न कानुन पारित भए, युरोपेली संघले नेपालमाथि ११ वर्षअघि लगाएको हवाई प्रतिबन्ध हटाउन सकिने संकेत गरेको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोले यस्तो संकेत गर्दै विधेयक चाँडो पारित गर्न नेपाल सरकारलाई आग्रह गरिन् ।

हाल नेपाल नागरिक उड्डयन प्राधिकरण दुवै भूमिकामा क्रियाशील छ, जसले गर्दा स्वार्थको टकराव हुने आरोप लागेको छ। सरकारले प्राधिकरणलाई विभाजन गरी दुईवटा अलग संस्थाहरु बनाउने विधेयकको मस्यौदा तयार पारिसकेको छ । यसै विधेयकलाई पारित गर्ने प्रक्रिया छिटो अघि बढाउनु पर्ने सन्देश कार्यक्रमका क्रममा राजदूत लोरेन्जोले दिइन् ।

युरोपेली संघले सन् २०१३ देखि नेपालमाथि हवाई सुरक्षा सम्बन्धी प्रतिबन्ध लगाउँदै आएको छ। उनले प्राधिकरण विभाजन भएपछि मात्रै युरोपेली संघले प्रतिबन्ध हटाउने विषयमा विचार गर्न सक्ने बताइन् ।

कार्यक्रममा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पनि सहभागी थिए ।

राजदूत लोरेन्जोले हवाई सुरक्षा सुधारका लागि नेपालसँग दीर्घकालीन सहकार्य गरिरहेको र प्राधिकरणको सञ्चालक समितिमा वायुसेवा प्रतिनिधिहरुलाई हटाउने निर्णयलाई सकारात्मक मान्दै स्वागत गरिन् ।

उनले उच्च पर्वतीय क्षेत्रहरूमा हेलिकोप्टरको सञ्चालन र नियमनबारे विशेष ध्यान दिनुपर्ने र यसका लागि पनि प्राधिकरणको विभाजन आवश्यक रहेको बताइन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register