नेसपा विधान महाधिवेशनमा प्रतिनिधिहरूको प्रस्ताव- पार्टीको नाम र झण्डा नयाँ शक्तिकै राखौँ

पोखरा । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को विधान महाधिवेशन सोमबारबाट पोखरामा जारी छ । महाधिवेशन प्रतिनिधिहरूले १० समूहमा विभाजित भएर समूहगत छलफल गरिसकेका छन् । उनीहरूले छलफलबाट प्राप्त निष्कर्ष बन्दसत्रमा सुनाइसकेका छन् । समूहगत रूपमा पार्टीलाई नयाँ शक्तिको प्रस्थान बिन्दुबाट अघि बढाउन प्रस्ताव गरिएको छ । “नयाँ शक्तिकै प्रस्थान बिन्दुबाट पार्टीलाई […]

Oct 22, 2024 - 08:43
 0
नेसपा विधान महाधिवेशनमा प्रतिनिधिहरूको प्रस्ताव- पार्टीको नाम र झण्डा नयाँ शक्तिकै राखौँ

पोखरा । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को विधान महाधिवेशन सोमबारबाट पोखरामा जारी छ ।

महाधिवेशन प्रतिनिधिहरूले १० समूहमा विभाजित भएर समूहगत छलफल गरिसकेका छन् । उनीहरूले छलफलबाट प्राप्त निष्कर्ष बन्दसत्रमा सुनाइसकेका छन् ।

समूहगत रूपमा पार्टीलाई नयाँ शक्तिको प्रस्थान बिन्दुबाट अघि बढाउन प्रस्ताव गरिएको छ । “नयाँ शक्तिकै प्रस्थान बिन्दुबाट पार्टीलाई अगाडि बढाउनुपर्छ भन्ने प्रस्ताव धेरै समूहबाट प्राप्त भएको छ,” नेसपा प्रवक्ता कृष्ण शर्माले जानकारी दिए ।

यस्तै पार्टीको नाम र झण्डा नयाँ शक्तिकै राख्ने प्रस्ताव गरिएको छ । “प्रतिनिधिहरूले पार्टीको नाम र झण्डा नयाँ शक्तिकै राख्ने प्रस्ताव गर्नुभएको छ । यसमाथि छलफल हुन्छ,” प्रवक्ता शर्माले भने ।

यस्तै उनीहरूले विचार र सिद्धान्त मिल्ने नयाँ दलहरूसँग पार्टी एकता र ध्रुवीकरण गर्दै अगाडि जाने प्रस्ताव गरेका छन् । पुराना दलहरूसँग भने एकता नगर्ने प्रतिनिधिहरूको प्रस्ताव छ ।

नेसपा नेता रूपनारायण श्रेष्ठका अनुसार उनीहरूले माओवादी केन्द्रलगायतका पुराना दलसँग एकता नगर्न भनेका छन् । “पुराना दलसँग एकता नगर्ने तर, नयाँ र विचार, सिद्धान्त मिल्ने दलहरूसँग एकता गर्ने भन्ने प्रस्ताव आएको छ,” उनले भने ।

यसअघि नेसपाले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने प्रयास गरेको थियो तर, अन्तिम समयमा आएर त्यो प्रयास असफल भयो । यससँगै नेसपा नेताहरूले कुनै पनि दलसँग एकता नगर्ने नीति लिने बताउँदै आएका थिए । यहीबेला महाधिवेशन प्रतिनिधिहरूले पनि पुराना दलसँग एकता नगर्ने प्रस्ताव गरेका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register