यसपाली तिहारमा ३८ करोड रुपैयाँको माला खपत हुने ! 

काठमाडौँ । यसपालीको तिहारमा ३८ करोड रुपैयाँ बराबरको फूलको माला खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसनका अनुसार यसपाली ३८ करोड रुपैयाँ बराबरको ४५ लाख गोटा सयपत्री, मखमली र गोदावरी गरेर उक्त मूल्य बराबरको माला खपत हुने अनुमान गरिएको हो । तिहारका बेला प्रत्येक वर्ष फूल र मालाको माग १० प्रतिशतले बढ्दै गएको एसोसिएसनका […]

Oct 22, 2024 - 09:25
 0
यसपाली तिहारमा ३८ करोड रुपैयाँको माला खपत हुने ! 

काठमाडौँ । यसपालीको तिहारमा ३८ करोड रुपैयाँ बराबरको फूलको माला खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसनका अनुसार यसपाली ३८ करोड रुपैयाँ बराबरको ४५ लाख गोटा सयपत्री, मखमली र गोदावरी गरेर उक्त मूल्य बराबरको माला खपत हुने अनुमान गरिएको हो ।

तिहारका बेला प्रत्येक वर्ष फूल र मालाको माग १० प्रतिशतले बढ्दै गएको एसोसिएसनका निवर्तमान अध्यक्ष मीनबहादुर तामाङले बताएका छन् । 

तिहारमा काठमाडौँ उपत्यकाभित्र ६० प्रतिशत र बाहिरी जिल्लामा ४० प्रतिशत माला खपत हुने साथै ४० प्रतिशत विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको तामाङले जानकारी दिएका छन् ।

उनका अनुसार पुष्प व्यवसायमा नेपाल ९० प्रतिशत आत्मनिर्भर भए पनि तिहारका बेला बजारमा बढी माला खपत हुँदा तिहार लक्षित फूल तथा फूलका मालाहरु बाहिरी मुलुकबाट आयात हुँदै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register