महत्वपूर्ण विधेयक चाँडै पारित गर्ने सहमति भयो : सभापति चालिसे

काठमाडौं । प्रतिनिधि सभाको अर्थ समितिका सभापति सन्तोष चालिसेले प्रहरी विधेयकलगायतमा छलफल गरी पास गर्नका लागि सहमति भएको बताएका छन् । मंगलबार सभामुखसँगको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । चालिसेले भने, ‘अहिले शिक्षा विधेयक, प्रहरी विधेयकलगायत महत्वपूर्ण विषयहरु रोकिएका छन्, यसलाई छलफल गरेर चाँडै पारित गर्ने सहमति भएको छ ।’ उनले थप […]

Oct 22, 2024 - 09:25
 0
महत्वपूर्ण विधेयक चाँडै पारित गर्ने सहमति भयो : सभापति चालिसे

काठमाडौं । प्रतिनिधि सभाको अर्थ समितिका सभापति सन्तोष चालिसेले प्रहरी विधेयकलगायतमा छलफल गरी पास गर्नका लागि सहमति भएको बताएका छन् ।

मंगलबार सभामुखसँगको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

चालिसेले भने, ‘अहिले शिक्षा विधेयक, प्रहरी विधेयकलगायत महत्वपूर्ण विषयहरु रोकिएका छन्, यसलाई छलफल गरेर चाँडै पारित गर्ने सहमति भएको छ ।’

उनले थप भने, ‘अहिले धेरै विधेयक समितिमा अड्किएर संसद् बिजेनसविहीन भएको छ भन्नेछ, त्यहाँ धेरै समस्या छ, अब समितिलाई फास्ट ट्रयाकबाट लगेर विधेयकमाथि छलफल गरेर पास गर्नुपर्ने अवस्था आएको छ ।’

सांसदहरु आफ्नो क्षेत्रमा जाँदा कोरम नपुगेर समितिको बैठक बस्न नसकेको उनको भनाइ छ ।

उनले बाढीपहिरोमा जनता मर्कामा परेको समयमा संसद्‌मा छलफल नभएकोप्रति सरकारले जिम्मेवारी लिनुपर्ने बताए । ‘बाढीपहिरोबाट त्यति धेरै क्षति पुगेको छ, त्यसको दायित्व सरकारले लिनुपर्छ,’ चालिसेले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register