‘धेरै विधेयक अड्किएका छन्, अब संसद् रोकिनु हुँदैन’

काठमाडौं । प्रतिनिधि सभाको अर्थ समिति सभापति सन्तोष चालिसेले अब पुन: संसद् रोकिन नहुने बताएका छन् । मङ्गलबार सभामुख देवराज घिमिरेले आह्वान गरेको बैठकमा सहभागी भएर बाहिरिएपछि पत्रकारहरूसँग उनले यस्तो बताएका हुन् । यसअघि पनि संसद् धेरै अवरुद्ध भएको पृष्ठभूमि स्मरण गर्दै चालिसेले यस्तो बताएका हुन् । “अब फेरि संसद् रोकिनु हुँदैन,” चालिसेले भने, “जनताले […]

Oct 22, 2024 - 09:49
 0
‘धेरै विधेयक अड्किएका छन्, अब संसद् रोकिनु हुँदैन’

काठमाडौं । प्रतिनिधि सभाको अर्थ समिति सभापति सन्तोष चालिसेले अब पुन: संसद् रोकिन नहुने बताएका छन् ।

मङ्गलबार सभामुख देवराज घिमिरेले आह्वान गरेको बैठकमा सहभागी भएर बाहिरिएपछि पत्रकारहरूसँग उनले यस्तो बताएका हुन् ।

यसअघि पनि संसद् धेरै अवरुद्ध भएको पृष्ठभूमि स्मरण गर्दै चालिसेले यस्तो बताएका हुन् ।

“अब फेरि संसद् रोकिनु हुँदैन,” चालिसेले भने, “जनताले सांसदहरूले भत्ता मात्रै पचाउँछन् तर, काम गर्दैनन्, छलफल गर्दैनन् भनेर भन्न थालेका छन् ।”

उनले संसद् बैठकमा गणपूरक सङ्ख्यासमेत नपुग्ने गरेको बताए । त्यसले गर्दा विधेयकमाथि दफावार छलफल गर्ने र पारित गर्ने काममा ढिलाइ गरिरहेको बताए ।

“अर्थ समितिमा छलफल अगाडि बढाउनका लागि कम्तीमा १३ सांसद चाहिन्छ तर, कहिलेकाहीँ त्यो पनि पुग्दैन । कति सांसद छन् भनेर हेरेर गर्नुपर्ने अवस्था छ,” उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register