बाबुराम नेतृत्वको पार्टीले फेर्यो नाम र झण्डा, ११ सदस्यीय पदाधिकारी हुने

पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा)ले आगामी माघ २५,२६ र २७ गते काठमाडौंमा महाधिवेशन गर्ने भएको छ । पोखरामा सम्पन्न प्रथम विधान अधिवेशनले उक्त मितिमा महाधिवेशन गर्ने सचिवालय बैठकको निर्णय पारित गरेको हो । आजै सचिवालय बैठक बसेको थियो । महाधिवेशनमा प्रत्येक पार्टी सदस्यले प्रत्यक्ष मतदान गर्ने व्यवस्था गरिएको छ । विधान अधिवेशनबाट पार्टीको नाम […]

Oct 22, 2024 - 12:55
 0
बाबुराम नेतृत्वको पार्टीले फेर्यो नाम र झण्डा, ११ सदस्यीय पदाधिकारी हुने

पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा)ले आगामी माघ २५,२६ र २७ गते काठमाडौंमा महाधिवेशन गर्ने भएको छ ।

पोखरामा सम्पन्न प्रथम विधान अधिवेशनले उक्त मितिमा महाधिवेशन गर्ने सचिवालय बैठकको निर्णय पारित गरेको हो ।

आजै सचिवालय बैठक बसेको थियो । महाधिवेशनमा प्रत्येक पार्टी सदस्यले प्रत्यक्ष मतदान गर्ने व्यवस्था गरिएको छ ।

विधान अधिवेशनबाट पार्टीको नाम र झण्डा पनि परिवर्तन गरिएको छ । विधान प्रतिनिधिबाट सर्वसम्मत रुपमा नाम र झण्डा पारित गरिएको हो ।

पार्टीको नाम नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र संक्षिप्तमा नेसपा नयाँ शक्ति भएको छ ।

अधिवेशनले पार्टीको केन्द्रीय समिति सदस्य ९९ जना, ११ सदस्यीय पदाधिकारी हुने व्यवस्था पारित गरेको छ ।

जसमा १ अध्यक्ष, ५ उपाध्यक्ष १ महिला, १ जनजाति , १ मधेसी , १ खसआर्य, १ दलित), १ महासचिव, ३ सचिव, १ कोषाध्यक्ष हुनेछन् । निर्वाचन समिति ३३ सदस्यीय हुनेछन् ।

सबै तहमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट नेतृत्व चयनको व्यवस्था पारित गरिएको छ । पार्टीमा युवाको नेतृत्व स्थानीय तहमा ४० प्रतिशत, प्रदेशमा ३० र केन्द्रमा २० प्रतिशतको व्यवस्था गरिएको छ ।

त्यस्तै सबै समितिमा महिलापदाधिकारी ३३ प्रतिशतको व्यवस्था पनि विधानमा गरिएको छ ।

विधान अधिवेशनमा पार्टीको आयव्यय प्रस्तुत गरिएको छ । आय ७ लाख ५० हजार र व्यय ९ लाख ७७ हजार १६० रुपैयाँ रहेको छ । यससँगै नेसपाको प्रथम विधान अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनमा ७१ जिल्ला र विदेश (६ देश)बाट कुल ५०० प्रतिनिधि उपस्थित थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register