समस्याग्रस्त अवस्थामा मोरङका ९ वटा सहकारी

मोरङ, ६ कात्तिक । मोरङ जिल्लामा ९ वटा सहकारी समस्याग्रस्त अवस्थामा रहेका छन् । जिल्ला प्रशासन कार्यालय तथा प्रहरीमा आएको उजुरी तथा अध्ययन अनुसार जिल्लामा ९ वटा सहकारीसंस्था समस्याग्रस्त अवस्थामा रहेको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताउनुभयो । बचतकर्ताले दिएको उजुरीका आधारमा विराटनगर महानगरपालिकामा ६ बेलवारी नगरपालिकामा २ र धनपालथान गाउँपालिकामा एकवटा सहकारी समस्याग्रस्त [...] The post समस्याग्रस्त अवस्थामा मोरङका ९ वटा सहकारी appeared first on Jhapa Online.

Oct 22, 2024 - 17:38
 0
समस्याग्रस्त अवस्थामा मोरङका ९ वटा सहकारी

मोरङ, ६ कात्तिक । मोरङ जिल्लामा ९ वटा सहकारी समस्याग्रस्त अवस्थामा रहेका छन् । जिल्ला प्रशासन कार्यालय तथा प्रहरीमा आएको उजुरी तथा अध्ययन अनुसार जिल्लामा ९ वटा सहकारीसंस्था समस्याग्रस्त अवस्थामा रहेको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताउनुभयो ।

बचतकर्ताले दिएको उजुरीका आधारमा विराटनगर महानगरपालिकामा ६ बेलवारी नगरपालिकामा २ र धनपालथान गाउँपालिकामा एकवटा सहकारी समस्याग्रस्त अवस्थामा छन् । समस्याग्रस्त सहकारीमा विराटकृषि तथा उत्पादक बजारीकरण विशिष्ट सहकारी संघ, माछापुच्छ्रे तथा बचत ऋण सहकारी संस्था लिमिटेड, मिलनसार बचत सहकारी संस्था लिमिटेड, धरणिधर बहुमुखी संस्था लिमिटेड, आशमा नेपाल वहुउदेश्यि सहकारी लिमिटेड, जलजला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, धनपाल वहुउदेश्यिय सहकारी संस्था लिमिटेड, उमागौरी कृषि सहकारी संघ र सुपरफाइन बचत सहकारी संस्था लिमिटेड रहेका छन् ।

उजुरीका आधारमा माछापुच्छ्रे सहकारी संस्था लिमिटेडको सञ्चालकलाई पक्राउ गरिएको अन्य सहकारीसँग बयान लिने काम भइरहेको मोरङका प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो । बचतकर्ताको ठुलो रकम डुबेकाले दोषी पाइएका सहकारीलाई कारबाहीको दायरामा ल्याइने उहाँको भनाई छ ।

मोरङ जिल्लामा प्रदेश र पालिका स्तर गरी १ हजार ४० वटा सहकारी रहेका छन् । त्यसमध्ये पालिका स्तरीय ७ सय ६३ वटा सरकारीले सहकारी सञ्चालनका लागि सञ्चालक र शेयर होल्डर सहित २ अर्ब ९९ करोड ७ लाख ५८ हजार सेयर पुजी जम्मा गरेका थिए । उक्त सहकारीहरूले अहिले सम्म मोरङमा ७ अर्ब २२ करोड १२ लाख बचत रकम जनताबाट सङ्कलन गरेको जनाएको छ । यसरी करिब ३ अर्ब सङ्कलित शेयर रकम वाट सहकारीहरूले साढे सात अर्ब जनताबाट बचत सक‍‍‍‍‍‍‍‍लन गरेको देखिन्छ । उक्त सहकारीले हालसम्म ८ अर्ब ६७ करोड ९६ लाख लगानी गरेको पाइएको छ ।

त्यसैगरि मोरङमा प्रदेश स्तरीय २ सय ७७ वटा सहकारी रहेका छन् । उक्त सहकारीले २ अर्ब ९९ करोड ७ लाख ५८ हजार शेयर रकम सङ्कलन गरेकोमा १२ अर्ब ६० करोड २८ लाख रुपैयाँ बचत सङ्कलन गरेको छ भने १४ अर्ब ४७ करोड रुपैयाँ लगानी गरेको पाइएको छ ।

यस्तो अवस्थामा सम्पुर्ण रकम लगानी गर्दा बचतकर्तालाई रकम र्फितागर्न नसकेपछि कतिपय सहकारी समस्याग्रस्त अवस्थामा पुगेको प्रमुख जिल्ला अधिकारी भट्टराईको भनाई छ । यही अवस्थाका कारण कतिपय सहकारी डुब्ने गरेकाले यस्तो अवस्थामा समस्याग्रस्त सहकारीका सञ्चालकहरूलाई जनताले जम्मा गरेको रकम फिर्ता गराउने विषयमा प्रशासनले छलफल गर्दै आएको उहाँले बताउनुभयो । यस्तो अवस्थामा सहकारीको कर्मचारीहरूलाई समेत तलव खुवाउन समस्या हुने गरेको छ ।

The post समस्याग्रस्त अवस्थामा मोरङका ९ वटा सहकारी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register