दुधे मिनी महोत्सवको बचतबाट सार्वजनिक शौचालय निर्माण गरिने

शिवसताक्षी, ४ कात्तिक । दुधे स्थानीय बजार व्यवस्थापन समितिले प्रथम दुधे मिनी मेलाको आय व्यय सार्वजनिक गरेको छ । बजार समितिले पत्रकार सम्मेलन गरी आय व्यय सार्वजनिक गरेको हो । मिनी मेलामा बजार समितिले १६ लाख आम्दानी गरेको सार्वजनिक गरेको हो । जसमा विभिन्न शिर्षकमा ६ लाख खर्च भई १० लाख खुद नाफा रहेको स्थानीय [...] The post दुधे मिनी महोत्सवको बचतबाट सार्वजनिक शौचालय निर्माण गरिने appeared first on Jhapa Online.

Oct 20, 2024 - 15:32
 0
दुधे मिनी महोत्सवको बचतबाट सार्वजनिक शौचालय निर्माण गरिने

शिवसताक्षी, ४ कात्तिक । दुधे स्थानीय बजार व्यवस्थापन समितिले प्रथम दुधे मिनी मेलाको आय व्यय सार्वजनिक गरेको छ । बजार समितिले पत्रकार सम्मेलन गरी आय व्यय सार्वजनिक गरेको हो ।

मिनी मेलामा बजार समितिले १६ लाख आम्दानी गरेको सार्वजनिक गरेको हो । जसमा विभिन्न शिर्षकमा ६ लाख खर्च भई १० लाख खुद नाफा रहेको स्थानीय दुधे बजार विकास समितिका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए ।

गएको आश्विन १८ गतेदेखि २९ गतेसम्म दूधे बजारको हाटबजार लाग्ने स्थानमा मिनी महोत्सवको आयोजना गरिएको थियो । आयोजक दुधे बजार व्यवस्थपान समितिले मेलाबाट बचत भएको ५ लाख रकम दूधे बजारमा सुविधा सम्पन्न शौचालय निर्माणमा छुट्याएको छ । त्यस्तै बजार भित्रको सडक बत्ती महशुल, मर्मत र खरिदमा २ लाख ५० हजार, हाटबजार भित्रको जीर्ण अवस्था रहेको राम मन्दिरलाई पुननिर्माणका लागि १ लाख, विहीबारे हाटमा बस्नको लागि स्टिलको कुर्सी व्यवस्थापनका लागि ६० हजार रकम छुट्याइको अध्यक्ष थोप्राले जानकारी दिए ।

हप्तामा विहीबारका दिन ठूलो हाट लाग्ने दूधे बजारमा सार्वजनिक शौचालय नहूँदा व्यापारी, ग्राहक लगायत टाडाबाट आउने आगन्तुकहरुलाई समेत समस्या पर्दै आएको छ । शौचालय निर्माणका लक्ष्य राखेर मिनी मेलाको आयोजना गरिएको समेत अध्यक्ष थोप्राको भनाई छ । थोप्राका अनुसार बचत रकम शौचालय निर्माणमा अपुग भएपनि शिवसताक्षी नगरपालिका, स्थानीय व्यापारीलगायतको सहयोग सुविधा सम्पन्न शौचालय निर्माणका लागि कार्यक्रम अघि बढाइने छ । शौचालय निर्माणका लागि बजार भित्र जग्गा व्यवस्थापन भइसकेको छ । बजार समितिले दुधे बजारको पूर्व पश्चिम बस स्टेण्डको आसपास पनि सार्वजनिक शौचालय निर्माणका लागि जग्गा खोजी गरिरहेको समितिले जनाएको छ ।

दुधे स्थानीय बजार व्यवस्थापन समितिले मिनी मेलाको साथसाथै दुर्गा पुजाको समेत आयोजना गरेको थियो । जसबाट खर्च कटाएर ६ हजार ४ सय रकम बचत भएको छ । उक्त बचत रकम बजार समितिको खातामा जम्मा गरिएको दूधे स्थानीय बजार व्यवस्थापन समितिका कोषाध्यक्ष तथा दुर्गा पुजाका संयोजक मुना विमलीले जानकारी दिइन् । गएको दुई वर्ष अघि दुधे स्थानीय बजार व्यवस्थापन समिति नया नेतृत्व आएपछि बजार विकास लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

The post दुधे मिनी महोत्सवको बचतबाट सार्वजनिक शौचालय निर्माण गरिने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register