ज्योतिको गल्तीमा म दोषी भए रविको गल्तीमा निकितालाई कारबाही गर : धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै सहभागिता नभएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केही दिनदेखि सभापति रवि लामिछानेको पक्राउको विरोधमा गुरुङको  तस्बिर देखाएर आन्दोलन गर्दै आएको छ । रास्वपाले गरेको प्रदर्शनबारे मंगलबार सामाजिक सञ्जालमा एक स्टाटस शेयर गर्दै उनले ज्योतीको गल्तीमा आफूलाई दोषी बनाएकोमा आक्रोश पोखेका हुन् […]

Oct 22, 2024 - 17:37
 0
ज्योतिको गल्तीमा म दोषी भए रविको गल्तीमा निकितालाई कारबाही गर : धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै सहभागिता नभएको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केही दिनदेखि सभापति रवि लामिछानेको पक्राउको विरोधमा गुरुङको  तस्बिर देखाएर आन्दोलन गर्दै आएको छ ।

रास्वपाले गरेको प्रदर्शनबारे मंगलबार सामाजिक सञ्जालमा एक स्टाटस शेयर गर्दै उनले ज्योतीको गल्तीमा आफूलाई दोषी बनाएकोमा आक्रोश पोखेका हुन् ।

उनले रास्वपालाई प्रश्न गरेका छन्, ‘ज्योति गुरुङले गरेको गल्तीको दोषी आफूलाई बनाएर नाराबाजी गर्ने हो भने रवि लामिछानेले गरेको गल्तीमा निकिता पौडेललाई पनि हिरासतमा राखेर कारबाही गर्न किन माग नगरेको ?’

उनले आफूमाथि निष्पक्ष छानबिनका लागि संसदमा कुरा राखिसकेको पनि बताएका छन्  । उनले लेखेका छन्, ‘सहकारी ठगी प्रकरणमा मेरो कुनै सहभागिता नभएको र निष्पक्ष छानबिनको लागि मैले सम्मानित संसदमा कुरा राखिसकेको छु । म सधैँ भ्रष्टाचार र भ्रष्टाचारीको विरुद्धमा खरो उत्रने सच्चा नेपाली हुँ ।’

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register