आजको राशीफल (२०८१/०७/०७)

मेष : इनाम र प्रतिष्ठा कमाउने बेला छ। गर्न लागेको काममा बिघ्नबाधा आउन सक्ने देखिन्छ। तर, आत्मबल बढाएर काम गरेमा असफल भइँदैन। धार्मिक, सांस्कृतिक तथा रीतिरिवाजका कार्यमा सहभागिता हुनेछ। वृष : व्यग्र प्रतिक्षित कार्यमा सफलता पाइनेछ। चलाखीपूर्ण बोलीले काम बन्नेछ। मनोरञ्जनमा सहभागी भइएला। सेयर बजारमा लगानीका लागि नयाँ योजना बन्नेछ। प्रेमीको सहयोग मिल्नेछ। आहार विहारमा [...] The post आजको राशीफल (२०८१/०७/०७) appeared first on Jhapa Online.

Oct 23, 2024 - 01:08
 0
आजको राशीफल (२०८१/०७/०७)

मेष : इनाम र प्रतिष्ठा कमाउने बेला छ। गर्न लागेको काममा बिघ्नबाधा आउन सक्ने देखिन्छ। तर, आत्मबल बढाएर काम गरेमा असफल भइँदैन। धार्मिक, सांस्कृतिक तथा रीतिरिवाजका कार्यमा सहभागिता हुनेछ।

वृष : व्यग्र प्रतिक्षित कार्यमा सफलता पाइनेछ। चलाखीपूर्ण बोलीले काम बन्नेछ। मनोरञ्जनमा सहभागी भइएला। सेयर बजारमा लगानीका लागि नयाँ योजना बन्नेछ। प्रेमीको सहयोग मिल्नेछ। आहार विहारमा भने सावधानी अपनाउनु पर्नेछ।

मिथुन : शुभकार्यको चर्चा चल्नेछ। सहयोगी हातहरू अघि बढ्नेछन्। चिताएको कामले तीव्रता लिनेछ। पुँजी बजारले साथ दिनेछ। नयाँ कामको थालनी हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। पुनर्मिलनको योग छ।

कर्कट : घरव्यवहारको समस्याले सताउन सक्छ। सामान हराउने वा चोरी हुने भय छ। प्रेम सम्बन्धमा असमझदारी बढ्नेछ। धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। नयाँ कार्यको थालनी हुनेछ।

सिंह : वैदेशिक क्षेत्रको काममा सफल भइनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कुनै कुराले मनमा शान्ति छाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ।

कन्या : महिलाहरूबाट विशेष सहयोग मिल्नेछ। शुभारम्भको चर्चा चल्नेछ। दाजुभाइ तथा दिदीबहिनीले तपाईँको विचारलाई समर्थन गर्नेछन्। भक्ति र सेवा भाव बढेर जानेछ। रोकिएका कामको पुन: योजना बन्नेछ।

तुला : शुभ कार्यमा सरिक भइनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। नयाँ कार्यको योजना बन्ने र शुभ कार्यमा सरिक भइनेछ। नजिकका व्यक्तिले मनदेखि सहयोग गर्नेछन्। सरकारी निकायबाट सहयोग मिल्नेछ। सफल यात्रा हुनेछ।

वृश्चिक : आफन्तका बीचमा चिन्ता र शङ्का उब्जनेछ। विद्या र बुद्धिको कमी हुनेछ। शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ। विद्यार्थीहरूको पढाइमा मन नजान सक्छ। नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धिमूलक नहोला।

धनु : धार्मिक यात्राको योजना बन्नेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। स्वास्थ्य तथा सुन्दरतामा धन खर्च हुनेछ। अधुरो कार्य सम्पादनमा सहजता मिल्नेछ। भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ।

मकर : रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा सफल भइनेछ। खानपिनको विविध परिकार खान पाइनेछ। धार्मिक यात्राको योजना बन्नेछ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ।

कुम्भ : आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। अग्रज व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। सामाजिक तथा राजनीतिक कार्यमा रुचि बढ्नेछ। साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहला। आफन्तबाट आश्वासन मिल्नेछ।

मीन : लाभहानि बराबरी हुने खालको दिन छ। सानातिना समस्यामा अल्झिनु पर्नेछ। सहकर्मीबाट विरोध आउला। लगानी र बजारले पनि साथ नदिन सक्छ। आफन्तबाट साथ र हौसला मिल्नेछ।

The post आजको राशीफल (२०८१/०७/०७) appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register