४२० प्रतिशतले बढ्यो लक्ष्मी सनराइज बैंकको नाफा

काठमाडौँ । लक्ष्मी सनराइज बैंकको नाफा ह्वात्तै बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ४२०.५३ प्रतिशतले बढेको हो । यसअवधिमा बैंकले कुल ५३ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १० करोड ३० लाख रुपैयाँ […]

Oct 23, 2024 - 05:01
 0
४२० प्रतिशतले बढ्यो लक्ष्मी सनराइज बैंकको नाफा

काठमाडौँ । लक्ष्मी सनराइज बैंकको नाफा ह्वात्तै बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ४२०.५३ प्रतिशतले बढेको हो । यसअवधिमा बैंकले कुल ५३ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १० करोड ३० लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज घटेका कारण खुद नाफामा उल्लेख्य बढोत्तरी भएको हो । यस अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब १४ करोडबाट घटेर १ अर्ब १६ करोडमा झरेको छ ।

त्यस्तै, बैंकको खुद ब्याज आम्दानी ६.७५ प्रतिशतले घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २४.५८ प्रतिशतले बढेको छ । यता बैंकको कुल सञ्चालन आम्दानी २.५८ प्रतिशतले घटेको छ भने सञ्चालन मुनाफा ४२५.२३ प्रतिशतले बढेको छ । हाल बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४९ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ६ रुपैयाँ ४३ पैसा रहेको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नाफासँगै समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यसवअधिमा बैंकको ईपीएस ७ रुपैयाँ ३५ पैसा बढेर ९ रुपैयाँ २५ पैसा पुगेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ९५ पैसा र मूल्य आम्दानी अनुपात २८.९२ गुणा रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register