छविलाल जोशीसँग लिइयो साढे ७ घण्टा लामो बयान

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व–डिआइजी छविलाल जोशीसँग जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीले साढे ७ घण्टा लामो बयान लिएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेका जोशीको नाम रूपन्देहीको सुप्रिम सहकारी ठगीमा पनि जोडिएका कारण बयानका लागि ल्याइएपछि बयान लिइएको हो । संसदीय छानबिन समितिको सिफारिस तथा सहकारी पीडितहरूको उजुरीपछि जोशीलाई पक्राउ […]

Oct 23, 2024 - 05:19
 0
छविलाल जोशीसँग लिइयो साढे ७ घण्टा लामो बयान

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व–डिआइजी छविलाल जोशीसँग जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीले साढे ७ घण्टा लामो बयान लिएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेका जोशीको नाम रूपन्देहीको सुप्रिम सहकारी ठगीमा पनि जोडिएका कारण बयानका लागि ल्याइएपछि बयान लिइएको हो ।

संसदीय छानबिन समितिको सिफारिस तथा सहकारी पीडितहरूको उजुरीपछि जोशीलाई पक्राउ गरिएको थियो । गत असोज ६ गते काठमाडौंमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्की लगिएको थियो ।

जोशीलाई सोमबार अपराह्न सरकारी वकिलको कार्यालय भैरहवामा उपस्थित गराएपछि समय अभावका कारण मंगलबार बयान लिइएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register