एसबिआई बैंकको नाफा ७०% ले बढ्यो, ईपीएसमा उल्लेख्य सुधार

काठमाडौँ । नेपाल एसबिआई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा उल्लेख्य बढेको छ । यस अवधिमा बैंकले कुल ८१ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७०.०१ प्रतिशत बढि हो […]

Oct 23, 2024 - 05:43
 0
एसबिआई बैंकको नाफा ७०% ले बढ्यो, ईपीएसमा उल्लेख्य सुधार

काठमाडौँ । नेपाल एसबिआई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा उल्लेख्य बढेको छ ।

यस अवधिमा बैंकले कुल ८१ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७०.०१ प्रतिशत बढि हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४७ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले प्रकाशित गरेको विवरण अनुसार समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.४३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ०.३६ प्रतिशत घटेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ०.४७ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ७८.२६ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा २.३५ प्रतिशतबाट घटेर १.८४ प्रतिशतमा झरेको छ ।

त्यस्तै, असोज मसान्तसम्ममा १ अर्ब ८६ करोड रुपैयाँ वितरणयोग्य मुनाफा रहेको यस बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ३६ पैसा रहेको छ ।

समीक्षा अवधिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यसअवधिमा बैंकको यस्तो आम्दानी १२ रुपैयाँ ७८ पैसा बढेर ३१ रुपैयाँ ३ पैसा पुगेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १९३ रुपैयाँ ४६ पैसा र मूल्य आम्दानी अनुपात १५.११ गुणा रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register