नर्थहोल्ट टेन के रनमा दौड्न बैकुण्ठ मानन्धर र हर्क साम्पाङसहित ३३२ जनाको नाम दर्ता

लन्डन— लन्डनमा नेपाली समुदायको लोकप्रिय 
म्याराथन ‘नर्थहोल्ट टेन के रन’ मा दौड्न मंगलबारसम्म ३३२ जनाले नाम दर्ता गराएका छन् । दौड आयोजक नेपाल रन यूकेका कोषाध्यक्ष रविन्द्र अधिकारीले सो जानकारी दिएका हुन् । उक्त दौडमा नेपालका तर्फबाट चारपटक ओलम्पिक खेलमा सहभागी एवं साउथ एसिया म्याराथन रेकर्ड होल्डर बैकुण्ठ मानन्धर एवं धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ […]

Oct 23, 2024 - 06:24
 0
नर्थहोल्ट टेन के रनमा दौड्न बैकुण्ठ मानन्धर र हर्क साम्पाङसहित ३३२ जनाको नाम दर्ता

रनबारे जानकारी दिन लन्डनमा आयोजित पत्रकार सम्मेलनको झलक

लन्डन— लन्डनमा नेपाली समुदायको लोकप्रिय 
म्याराथन ‘नर्थहोल्ट टेन के रन’ मा दौड्न मंगलबारसम्म ३३२ जनाले नाम दर्ता गराएका छन् ।

दौड आयोजक नेपाल रन यूकेका कोषाध्यक्ष रविन्द्र अधिकारीले सो जानकारी दिएका हुन् ।

उक्त दौडमा नेपालका तर्फबाट चारपटक ओलम्पिक खेलमा सहभागी एवं साउथ एसिया म्याराथन रेकर्ड होल्डर बैकुण्ठ मानन्धर एवं धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पनि सहभागी हुने आयोजकले बताएका छन् । साम्पाङ र मानन्धर बेलायत आइसकेका छन् ।

नर्थला पार्क, नर्थहोल्टमा आउँदो २७ अक्टोबर आइतबार बिहान ९ः३० बजे हुन लागेको उक्त रनमा भेट्रान धावक मानन्धर र धरान मेयर साम्पाङ ‘गेष्ट अफ अनर’ का रुपमा सहभागी हुन लागेको कार्यक्रम संयोजक सन्तोष राईले जनाए ।

सोही दिन ९ बजे केटाकेटीका लागि ‘चिल्ड्रेन टु के फन रन’ गर्ने तयारी छ ।

रनको प्रमुख प्रायोजन ए स्टार फाइनान्सियल सोलुसन्स यूकेले गरेको छ । अन्य प्रमुख सहयोगी संस्थाहरुमा रियल ड्रिम्स एजुकेसन कन्सल्टेन्सी, एइएसएन रिक्रुटमेन्ट, मेक्सवर्थ अकाउन्टेन्ट्स, मःम हाउस ३६५ एवं सह प्रायोजकहरुमा एसएनपी प्लस अकाउन्टिङ, किरात राई यायोक्खा यूके, गोर्खा किचेन लगायत छन्। कार्यक्रममा नेपाली खानाको स्टल पनि रहने जनाइएको छ ।

समुदायमा स्वास्थ्य र तन्दुरुस्तीको चेतना जगाउने, नेपालको पर्यटन एवं संस्कृति प्रवर्धन, नेपाली खेलाडीहरुलाई सहयोग साथै बैकुण्ठ मानन्धरले सुरु गरेको जुम्लामा ‘हाइ अल्टिच्युड ट्रेनिङ क्याम्प’ बनाउन र गोर्खा वेलफेयर ट्रष्टलाई सहयोग गर्ने उद्देश्यका साथ रन हुन लागेको संस्थापकमध्ये एक पदाधिकारी जगन कार्कीले बताए ।

उक्त रनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बैकुण्ठ मानन्धर र नेपाल रनका संयोजक पाण्डव महतोले दौडमा लागेर पुनर्जीवन प्राप्त गरेको अनुभव सुनाउंदै सक्रिय जीवनको महत्वबारे बताएका थिए ।

धावक बैकुण्ठ मानन्धरलाई हिथ्रो विमानस्थलमा स्वागत गर्दै नेपाल रन यूकेका पदाधिकारी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register