एसएमएस गरी धम्की दिएर पैसा मागेको आरोपमा काठमाडौंबाट एकजना पक्राउ

काठमाडौं । एसएमएस गरी धम्की दिएर पैसा मागेको आरोपमा एकजना पक्राउ गरेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने ३२ वर्षीय आकाश तामाङ रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । तामाङले चिनियाँ नागरिकले सञ्चालन गरेको कम्पनीको म्यानेजरको मोबाइलमा एसएमएस गरी पैसा मागेका थिए । तामाङ त्यही कम्पनीका लेबरका […]

Oct 23, 2024 - 06:25
 0
एसएमएस गरी धम्की दिएर पैसा मागेको आरोपमा काठमाडौंबाट एकजना पक्राउ

काठमाडौं । एसएमएस गरी धम्की दिएर पैसा मागेको आरोपमा एकजना पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने ३२ वर्षीय आकाश तामाङ रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

तामाङले चिनियाँ नागरिकले सञ्चालन गरेको कम्पनीको म्यानेजरको मोबाइलमा एसएमएस गरी पैसा मागेका थिए । तामाङ त्यही कम्पनीका लेबरका रूपमा काम गर्ने कर्मचारी रहेको खुलेको छ ।

तामाङले गएको असोज २१ गते राति कम्पनीका म्यानेजरको मोबाइलमा ुएसएमएसु गरेर डेढ लाखदेखि दुई लाख रुपैयाँसम्म सहयोग चाहिएको र पैसा नदिएमा कम्पनीमा बम विस्फोट गराउने धम्की दिएका प्रहरीले जनाएको छ ।

तामाङलाई कम्पनीबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाइएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताउनुभयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register