नेदरल्याण्ड्सका लेभिट काठमाडौं गुर्खाजमा अनुबन्ध

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली काठमाडौं गुर्खाजले नेदरल्याण्ड्सका ब्याटर माइकल लेभिटलाई अनुबन्ध गरेको छ । टोलीले सामाजिक सञ्जालमार्फत लेभिटलाई अनुबन्ध गरेको जानकारी दिएको छ । गुर्खाज परिवारमा सहभागि हुनु पाउँदा गर्व लागेको र गोर्खे शैलीमा लडेर क्रिकेट मैदानमा इतिहास रच्ने लेभिटले भिडिओ सन्देशमा बताएका छन् । लेभिट पहिलो विदेशी खेलाडीको रूपमा काठमाडौंमा अनुबन्ध भएका […]

Oct 23, 2024 - 08:19
 0
नेदरल्याण्ड्सका लेभिट काठमाडौं गुर्खाजमा अनुबन्ध

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली काठमाडौं गुर्खाजले नेदरल्याण्ड्सका ब्याटर माइकल लेभिटलाई अनुबन्ध गरेको छ । टोलीले सामाजिक सञ्जालमार्फत लेभिटलाई अनुबन्ध गरेको जानकारी दिएको छ ।

गुर्खाज परिवारमा सहभागि हुनु पाउँदा गर्व लागेको र गोर्खे शैलीमा लडेर क्रिकेट मैदानमा इतिहास रच्ने लेभिटले भिडिओ सन्देशमा बताएका छन् ।

लेभिट पहिलो विदेशी खेलाडीको रूपमा काठमाडौंमा अनुबन्ध भएका हुन् । २१ वर्षीय युवा ब्याटर लेभिटले नेदरल्याण्ड्सका लागि ८ ओडीआई र १७ टी-२० आई खेल खेलिसकेका छन् ।

गत फेब्रूअरीमा कीर्तिपुरमा नेपालविरूद्धको टी-२०आई खेलमा लेभिटले डेब्यू गरेका थिए ।

काठमाडौंमा करण केसी मार्की प्लेअर र बसन्त शाही मुख्य प्रशिक्षक हुन् । एनपीएल मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुँदैछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register