सरकारको सय दिन : गज्जबको काम भएको सत्तारुढ दलको निष्कर्ष, विपक्षी दल छैनन् सन्तुष्ट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भएको १०० दिन भएको छ । नयाँ सरकारको १०० दिनको अवधिलाई ‘हनिमुन पिरियड’ भन्ने प्रचलन छ । अहिलेको सरकारले पनि यो पिरियड पार गरेको छ । अहिले हरेक दिन मन्त्रीहरुले सय दिनमा गरेको कामको विववरण सार्वजनिक गरिरहेका छन् । उनीहरुले आफ्नो मन्त्रालयले उल्लेखनीय काम गरेको […]

Oct 23, 2024 - 08:19
 0
सरकारको सय दिन : गज्जबको काम भएको सत्तारुढ दलको निष्कर्ष, विपक्षी दल छैनन् सन्तुष्ट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भएको १०० दिन भएको छ । नयाँ सरकारको १०० दिनको अवधिलाई ‘हनिमुन पिरियड’ भन्ने प्रचलन छ ।

अहिलेको सरकारले पनि यो पिरियड पार गरेको छ । अहिले हरेक दिन मन्त्रीहरुले सय दिनमा गरेको कामको विववरण सार्वजनिक गरिरहेका छन् । उनीहरुले आफ्नो मन्त्रालयले उल्लेखनीय काम गरेको दाबी समेत गरेका छन् ।

सत्तारुढ दलको बैठकले समेत यो सय दिनमा धेरै काम गरेको निष्कर्ष निकालेको छ । यता विपक्षी दलले भने सरकार असफल भएको भन्दै चर्को आलोचना गरेका छन् ।

बुधबार बिहान बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा प्रधानमन्त्री ओलीले १०० दिनको मूल्यांकन सुनाउँदै गज्जबको काम भएको बताए ।

उनले मुख्यत: अर्थतन्त्र लयमा आउन थालेको, विपद्पछिको अवस्थामा सरकारले उल्लेख्य काम गरेको, सहकारी ठगीमा कारबाही सुरु भएको जस्ता विषय उठाउँदै सरकारको बचाउ गरेका थिए ।

प्रधानमन्त्री ओलीको दाबीमा सत्ताको मुख्य साझेदार नेपाली कांग्रेस पनि सहमत जस्तो देखिन्छ । कांग्रेसको संस्थापन इतर समूहले भने सरकारको आलोचना गरिरहेको छ ।

सभापति देउवाले बैठकमा ओलीलाई साथ दिँदै सरकारको १०० दिनको काम सन्तोषजनक नै भएको तर, विपक्षीले अनावस्यक भ्रम सिर्जना गरेको आरोप लगाएका थिए ।

बैठकमा सहभागीका अनुसार प्रधानमन्त्री ओलीको भनाईमा कांग्रेस सभापतिले समर्थन जनाउँदै अहिले नै सरकारको मुल्याङ्कन गर्ने बेला नभएको बताएका थिए ।

प्रधानमन्त्री ओलीले रवि लामिछाने पक्राउको घटनालाई पनि उपलब्धिका रुपमा व्याख्या गरेका थिए । उनले रविलाई पूर्वाग्रहका आधारमा पक्राउ गरिएको भनेर भ्रम फैलाइएको भन्दै त्यसलाई चिर्न सत्तारुढ दलको एउटै धारणा हुनुपर्ने बताएका थिए ।

सहभागीका अनुसार प्रधानमन्त्री ओलीले अब सहकारी ठगीमा संलग्न जोकोही भए पनि कारबाही गर्ने प्रतिवद्धता जनाएका थिए ।

बैठकमा गृहमन्त्री रमेश लेखकले सरकार पूर्वाग्रही नभएको बरु संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन मात्र गरेको बताएका थिए ।

सरकारको १०० दिनका कामबारे जानकारी दिन प्रधानमन्त्री ओलीले आजै राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी समेत गरेका छन् ।

यता विपक्षी दलले भने सरकार पूर्ण रुपमा असफल भएको आरोप लगाउँदै ज्ञापनपत्र नै बुझाएका छन् । माओवादी केन्द्र लगायतका विपक्षी दलले सरकारले १०० दिनमा उल्लेखनिय काम केही पनि गर्न नसकेको दाबी गर्दै आएका छन् ।

उनीहरुले सहकारी प्रकरणमा आफ्नालाई बचाउने र विपक्षीलाई मात्रै पेल्ने सरकारी नीति देखिएको आरोप समेत लगाएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशका विभिन्न स्थानमा भएका सभामा समेत यही दोहोर्याइरहेका छन् ।

विपक्षीले बुझाएको ज्ञापनपत्रमा सरकार विपद् व्यवस्थापनमा पूर्णत असफल भएको, बाढी-पहिरो पीडितले अहिलेसम्म राहत पाउन नसकेको, सहकारी ठगीमा छानबिन र कारबाहीमा भेदभाव गरिएको, तानाशाही लाद्ने प्रयास भएको जस्ता आरोप लगाइएको छ ।

यी पनि पढ्नुहोस :

सत्तापक्षको निष्कर्ष; रास्वपाले भिड जम्मा गरेर अदालतलाई प्रभावित पार्न खोज्यो

प्रधानमन्त्रीलाई विपक्षीको ज्ञापनपत्र : तानाशाही लाद्ने प्रयास नगर्न चेतावनी (पूर्णपाठसहित)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register