२० अंकले घट्यो नेप्से

काठमाडौं । बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार मंगलबार २५.८८ अंकले बढेर २६६५.८१ विन्दुमा पुगेको नेप्से बुधबार २०.४१ अंकले घटेको हो । यसदिन नेप्से २६४५.३९ विन्दुमा बन्द भएको छ । आज ९३ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६४ करोड रुपैयाँको कारोबार भएको छ । कारोबारमा आएका १३ […]

Oct 23, 2024 - 11:13
 0
२० अंकले घट्यो नेप्से

काठमाडौं । बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार मंगलबार २५.८८ अंकले बढेर २६६५.८१ विन्दुमा पुगेको नेप्से बुधबार २०.४१ अंकले घटेको हो ।

यसदिन नेप्से २६४५.३९ विन्दुमा बन्द भएको छ । आज ९३ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६४ करोड रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये फाइनान्स र व्यापार समूहको परिसूचक वृद्धि भएको छ । बाँकी सबै समूहको परिसूचक घटेको छ । फाइनान्स समूहको परिसूचक २.३२ प्रतिशतले वृद्धि भएको छ भने व्यापार समूहको परिसूचक ०.२५ प्रतिशतले बढेको छ ।

आज ७६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५५ कम्पनीको सेयर मूल्य घटेको छ । १३ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register